स्वास्थ्य-सौन्दर्य
September 27, 3:55
महेन्द्रनगर । प्रयोगविहिन रहेका ‘होल्डिङ सेन्टर’ सञ्चालनका लागि स्थानीय प्रशासनले सरकार समक्ष चार वटा विकल्प प्रस्ताव गरेको छ ।
कोरोना महामारीका बेला सरकारले निमार्ण गरेका ‘होल्डिङ सेन्टर’ सञ्चालनका लागि कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको अध्ययन उप–समितिले चार विकल्प प्रस्ताव गरेको छ ।
सरकारले करोडौका ‘होल्डिङ सेन्टर’ प्रयोगविहिन बनेपछि रक्षा मन्त्रालयका सह–सचिवको… विस्तृतमा
September 27, 2:44
अछाम । देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मीमाथिको आक्रमणको विरोधमा अछाममा पनि विरोध गरिएको छ । जिल्ला अस्पताल अछाममा कार्यरत स्वास्थ्यकर्मीहरुले विरोधस्वरुप आज प्लेकार्डसहित जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथिको आक्रमण निन्दनीय भएको भन्दै उहाँहरुले आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्न माग गरे।
अछामका प्रमुख… विस्तृतमा
September 27, 11:47
धनगढी । बितेको आठ महिनामा सुदूरपश्चिममा आठ सय ७७ जनालाई डेंगीको सङ्क्रमण देखिएको छ । सुदूरपश्चिममा सबैभन्दा बढी सङ्क्रमण कैलाली, कञ्चनपुर र पहाडी जिल्ला दार्चुलामा देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत हेमराज जोशीले डेंगी सङ्क्रमणबाट कञ्चनपुरमा दुई र दार्चुलामा एक गरी तीन जनाको मृत्यु भएको जानकारी दिए।
'तथ्याङ्कानुसार यहाँ गत माघ महिनायता आठ सय… विस्तृतमा
September 13, 12:04
डाेटी,२७ भदाै । डोटी जिल्लाका नौ जना उत्कृष्ट काम गर्ने स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ । स्वास्थ्य कार्यालय डोटीको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठीमा एक स्थानीय तहबाट एक जना हुने गरी राम्रो काम गरिरहेका स्वास्थ्यकर्मीलाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको हो ।
बोगटान फुड्सिल गाउँपालिका यशोदा उपाध्याय, दिपायल सिलगढी नगरपालिका नरेश कुमार बोहरा, केआइसिंह गाउँपालिका गणेश आउजी, जोरायल… विस्तृतमा
September 06, 12:37
बैतडी,२० भदौ । बैतडीमा तीनओटा मेडिकल शिल गरिएका छन् । जिल्लाको दोगडाकेदारका विभिन्न स्थानमा सञ्चालित तीनओटा मेडिकल शिल गरिएका छन्। मंगलवार अनुगमनको क्रममा अवैध रुपमा सञ्चालनमा रहेका तीनओटा मेडिकल शिल गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।
दोगडाकेदार गाउँपालिका ६ पञ्ज्युनयाँस्थित कबीर मेडिकल हल, खोचलेकस्थित रणशैनी फार्मेसी एण्ड चन्द क्लिनिक र सिल्लेगडास्थित जोशी… विस्तृतमा
September 06, 12:24
धनगढी,२० भदौ । सुदूरपश्चिम प्रदेश डेङ्गु सङ्क्रमणको उच्च जोखिममा रहेको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क हेर्दा यो प्रदेश निकै जोखिममा रहेको पाइएको हो। दिनप्रतिदिन डेङ्गु सङ्क्रमित फेला पर्न थालेपछि यहाँ उच्च जोखिम रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। यस प्रदेशमा सन् २०२३ को अगस्तमा मात्रै तीन सय ५३ जनामा… विस्तृतमा
September 04, 9:44
बझाङ,१८ भदौ । जिल्ला अस्पताल बझाङमा आवश्यकता अनुसार स्वास्थ्यकर्मी नहुँदा दैनिक सेवा प्रवाहमा समस्या भयको छ । १५ शैयाको जिल्ला अस्पताल बझाङमा करारमा कार्यरत तीन जना मेडिकल अधिकृत चिकित्सकले छोडेर गएपछि अहिले चार जना मेडिकल अफिसरको भरमा सेवाहरू सञ्चालन गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवराज जोशीका अनुसार जिल्ला अस्पतालमा काम गदै… विस्तृतमा
September 03, 10:57
अछाम,१७ भदौ । विदेशी दाताको सहयोगमा लामो समयसम्म विशेषज्ञ सेवा दिइरहेको अछामको बयालपाटा अस्पताल अहिले भने आर्थिक संकटमा छ । सबै सेवा निःशुल्क दिइरहेको यो अस्पताल सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रवासीका लागि उपचारको पहिलो गन्तव्य हो ।
दाताको सहयोग रोकिएपछि सरकारीस्तरबाट सहयोग गर्नेरनगर्नेबारे अन्योल भइरहँदा अस्पताल भने संकटमा पुगेको हो । गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले यस… विस्तृतमा
August 29, 8:42
स्वस्थ रहनका लागि पर्याप्त पानी पिउनु आवश्यक हुन्छ। यसरी पिउने पानी मनतातो भएमा त्यसले स्वास्थ्यमा पूराउने फाइदा अझै बढि हुन्छ।
गर्मी याममा दिउसो मनतातो पानी पिउन नसक्दा समेत यदि बिहानमा मात्र पनि पिउन सकेमा त्यो निकै फाइदाजनक हुन्छ।
मनतातो पानी पिउनुका फाइदा यस्ता छन्:
– मनतातो पानी पिउनाले सरीरमा उपापचयन प्रक्रिया बढ्दछ र वजन नियन्त्रण हुन्छ।
– मनतातो पानी पिउनाले सरीरको तापक्रम केही वृद्धि… विस्तृतमा
August 27, 9:18
एजेन्सी,१० भदौ । उसिनेको मकैको सेवन गर्नु स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । उसिनेको मकैमा प्रोटिन, भिटामिन, मिनरल्स तथा एन्टीअक्सीडेन्ट्सको भरपूर मात्रा हुन्छ जो स्वास्थ्यसँग जोडिएका कैयौं समस्याहरुलाई कम गर्न सहयोगी हुन्छ ।
उसिनेको मकैमा पाइने भिटामिन सी र भिटामिन ए तपाईंको शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्न सहयोग हुन्छ । जसले गर्दा तपाईंलाई मौसमी विमारीहरु लाग्नबाट बचाउँछ… विस्तृतमा
August 25, 1:59
धनगढी,०८ भदौ । स्वास्थ्य बीमा अन्तर्गतको स्वास्थ्य सेवा प्रदान गरिरहेका २६ वटा निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाइएको छ । स्वास्थ्य बीमा बोर्डको ३२ साउनमा बसेको बैठकले सूचीबाट हटाउने निर्णय गरेको हो ।
सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटपछि अस्पतालको सम्झौताको अवधि समाप्त भई पुनः नवीकरण नभएका वा स्वास्थ्य बीमाको सेवा बन्द भएका निजी स्वास्थ्य संस्था र लामो समयसम्म पनि नवीकरण प्रक्रियामा नआएका… विस्तृतमा
August 23, 9:43
काठमाडौं,०६ भदौ । डेंगुको प्रकोप व्यापक बन्दै जाँदा परीक्षणका नाममा प्रयोगशालाहरूले पाँच गुणासम्म बढी शुल्क असुलेको गुनासो सुनिन थालेको छ ।
र्यापिड डाइग्नोस्टिक टेस्ट आरडीटी गर्दा निजी अस्पताल, क्लिनिक तथा सरकारी अस्पतालले पनि मनपरी शुल्क लिँदै आएका छन् ।
प्रतिव्यक्ति ५०० देखि २५०० सम्म उठाइरहेको गुनासो प्राप्त भएपछि स्वास्थ्य मन्त्रालयले शुल्क निर्धारण समिति बनाएको छ ।
परीक्षण शुल्कमा मनपरी… विस्तृतमा
August 23, 5:48
धनगढी,०६ भदौ । कैलालीमा डेङ्गुका बिरामी बढ्दै गएकाले रोकथामको अभियानलाई अझ प्रभावकारी बनाउन जरुरी रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयले आज आयोजना गरेको डेङ्गु रोगको रोकथाम तथा नियन्त्रणस्म्बन्धी सञ्चारकर्मीसहित सरोकारवालासँगको अन्तरक्रियामा अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताइएको हो ।
डेङ्गु नियन्त्रणका लागि लार्भा खोजी र नष्ट अभियानलाई जेठबाटै सञ्चालन गरिए पनि केस… विस्तृतमा
February 25, 9:02
कञ्चनपुर – कृष्णपुर नगरपालिकाको आयोजना र केजी अस्पताल धनगढीको प्राविधिक सहयोगमा कृष्णपुर नगरपालिका–८ मा रहेको रैकवार स्वास्थ्य चौकीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शनिवार रैकवार स्वास्थ्य चौकीमा एक औपचारिक कार्यक्रममा बिच नगरप्रमुख हेमराज ओझाले उक्त निःशुल्क स्वास्थ्य शिविरको शुभारम्भ गरेका हुन । नगरपालिकाका वडा न ७, ८ र ९ का नागरिकहरूलाई लक्षित गरी उक्त स्वास्थ्य शिविर… विस्तृतमा
June 13, 5:55
सिलगढी– जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान गरिएको छ । दिनको १० वटा सिलिन्डर भर्न सक्ने क्षमता रहेको उक्त प्लान्टको सोमबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेक बहादुर रैकाले उद्घघाटन गर्नु भएको हो ।
य सरकारले प्लान्ट स्थापनाका लागि ८० लाख बजेट विनियोजन गरेको भए पनि ३० लाखमा टेण्डर परेको थियो । प्लान्ट जडान भएसँगै अक्सिजन भर्न डडेल्धुरा, धनगढी, नेपालगन्ज धाउनुपर्ने बाध्यता… विस्तृतमा