नेपालमा आज ६ सय ३८ जना कोरोना संक्रमीत थपिए
August 11, 6:51
साउन २७, २०७७ मंगलबार
आज देशका विभिन्न ठाउँमा ६ सय ३८ जना कोरोनाका संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा ६ सय ३८ जना संक्रमित थपिएका हुन्।
आज थपिएका सहित हालसम्म संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ। मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार विगत २४ घण्टामा विभिन्न अस्पतालबाट १ सय ७१ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन्।
यीसहित हालसम्म १६ हजार ६ सय ६४ जना कोरोनाबाट निको भएका छन्। विगत २४ घण्टामा १० हजार ४ सय ६२ को पिसिआर परीक्षण भएको छ। हालसम्म ४ लाख ६२ हजार बढीको पिसिआर परीक्षण भएको छ।
मन्त्रालयका अनुसार आज कोरोनाका संक्रिय संक्रमितको संख्या ७ हजार २ सय १ छन्।
हालसम्म ८३ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
December 13, 2:10
December 14, 4:41
December 16, 11:23
December 18, 11:57
December 19, 3:18
सम्बन्धित वर्गका समाचारहरू
February 15, 10:45
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
February 15, 10:38
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा