खेलकुद
September 30, 9:41
डोटी । खप्तड रंगशाला राजपुरमा आयोजित मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधी सूजङ्ग स्कूलले लिएको छ। शनिबार प्रतियोगितामा सूजङ्ग स्कूलले सूजङ्ग अस्पताललाई ६ विकेटले पराजित गरेको हो । खेलमा टस जितेर ब्याटिङ गरेको अस्पताल टिमले निर्धारित १५ ओभरमा ९० रनको लक्ष्य बनायो। ९० रनको लक्ष्य पाएको स्कूल टिमले ८ ओभरमा लक्ष्य पार गर्दै ६ विकेटको रक्षासहित जित निकालेको हो ।
सूजङ्ग स्कूलका लागि खगेन्द्र थापाले… विस्तृतमा
September 27, 11:33
काठमाडौं । १९औं एसियाली खेलकुदमा नेपालले नवप्रवेशी मंगोलियामाथि जित हात पार्दा कीर्तिमान नै कीर्तिमान बनाएको छ ।
चीनको हानझाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको थियो । २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनाएको नेपालले मंगोलियालाई १३.१ ओभरमा ४१ रनमा अलआउट गर्यो ।
यसक्रममा नेपालले टी-२० आई क्रिकेटमा कम्तिमा ७ वटा रेकर्ड बनाएको छ ।
१. कीर्तिमानी स्कोर… विस्तृतमा
September 26, 5:11
काठमडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाल, न्युजिल्याण्ड, अफगानिस्तान र पाकिस्तानसहितको समूह डीमा परेको छ ।
यो समूहको शीर्ष ३ मा पर्नसकेमा नेपालले समूह एमा रहेका बंगलादेश, भारत, आयरल्याड र अमेरिका मध्येका २ टिमसँग सुपर सिक्सको समूह चरण खेल्न पाउने छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल १३ जनवरीमा न्युजिल्याण्डसँग खेल्ने छ ।… विस्तृतमा
September 25, 4:44
मालदिभ्समाथि सानदार जित निकाल्दै घरेलु टोली नेपाल साफ यू १९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको समुह ए को अन्तिम खेलमा मालदिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै घरेलु टोलीले अन्तिम चारमा स्थान बनाएको हो।
योसँगै समूह ए बाट पाकिस्तान समूह विजेता र नेपाल उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन्।
सेमिफाइनलमा नेपालले भारत र भुटानबीच एक टोलीसँग… विस्तृतमा
September 25, 4:16
साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र मालदिभ्स दुवै टोली १० खेलाडीमा समेटिएका छन्।
खेलको ३४ औँ मिनेटमा नेपालका सुजन डंगोल र मालदिभ्सका कप्तान मोहम्मद यान हसनले सिधै रातो कार्ड पाएका हुन्।
मालदिभ्सका खेलाडीले हानेको लङ क्रसमा नेपालका सुजनले मालदिभ्सका मोहम्मदलाई धकेलेका थिए। त्यही क्रममा दुवै खेलाडीबीच झगडा हुँदा रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए।
खेलको पहिलो… विस्तृतमा
September 24, 3:41
धनगढी । कैलालीका १२ वर्षीय सिजन राना विदेशी भूमिबाट फुटबलमा उदाउनु भएको भएको छ ।
गोदावरी नगरपालिका–५ घर भई हाल अभिभावकसँग अमेरिकाको केन्टकी बस्दै आउनुभएका उहाँ विदेशमा खेलप्रेमीहरुको मन जित्न सफल भइरहनु भएको हो । फलस्वरूप विश्वका चर्चित क्लबले जुनियर टिमका लागि सिजनमाथि आँखा लगाइरहेका छन् ।
लेक्सिन्टन स्पोर्टिङ क्लबमा रहेका सिजनलाई अमेरिकाको चर्चित एमएलएस लिगका लागि एफ्सी सिनसिन्नाति क्लबले… विस्तृतमा
September 24, 3:35
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरुलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि हात नपरेको बताएका छन् ।
एसियाली खेलकुदमा भाग लनि चीन जानुअघि आइतबार काठमाडौंमा बिदाइपछि पत्रकारसित कुरा गर्दै उनले भने, ‘सरकारले घोषणा गरेको रकम कति पटक भनिसकेका छौं, अहिलेसम्म आएको छैन । आउँछ भनेर आशावादी छौं । हेरौं के हुन्छ ।’
२८ भदौमा एसियाली खेलकुदमा… विस्तृतमा
September 23, 12:12
नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुर बहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्।
शनिबार जारी चुनावी प्रक्रियामा अध्यक्षका प्रत्यासी विनयराज भण्डारीले उम्मेदवारी नै दर्ता नगरेपछि चन्द निर्विरोध भएका हुन्।
यसअघि उनले अध्यक्षमा उठ्ने घोषणा गरेका थिए।
अध्यक्षको उम्मेदवार हुन ६ जना प्रस्तावक चाहिने भएकाले संख्या नपुगेपछि उनले उम्मेदवारी नै दर्ता गर्न सकेनन्।
सचिवमा चन्द प्यानलबाट राष्ट्रिय… विस्तृतमा
September 22, 4:30
काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले विश्वकपका लागि टिमको घोषणा गरेको छ ।
एसिया कपका क्रममा घाइते भएका नसिम शाहको ठाउँमा हसन अलीले मौका पाएका छन् । नसिम ३–४ महिनामा ठिक हुने पीसीबीले बताएको छ ।
यसै वर्षको सुरुमा न्युजिल्याण्डविरुद्धको खेलबाट टिममा डेब्यू गरेका लेग स्पिनर उसमा मिर पनि विश्वकप खेल्ने टोलीमा परेका छन् । उनी एसिया कपमा थिएनन् ।
विश्वकप खेल्ने टोलीको घोषणा गर्दै मुख्य… विस्तृतमा
September 22, 4:06
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा आज शुक्रबार काठमाडौंमा सुरु भएको छ ।
बालुवाटारस्थिति एक पार्टी प्यालेसमा भोलि शनिबारसम्म चल्ने साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ ।
अध्यक्षमा वर्तमान अध्यक्ष चतुरबहादुर चन्द दोहोरिने तयारीमा छन् । उनले सर्वसम्मत अध्यक्ष हुन चाहेका थिए, तर लुम्बिनी प्रदेशका उपाध्यक्ष विजयराज भण्डारीले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
सचिवमा भने पूर्व… विस्तृतमा
September 20, 2:42
चीनको हाङझाउमा जारी एसियन गेम्समा लगातार दोस्रो हार बेहोर्दै नेपाली राष्ट्रिय भलिबल टोली समूह चरणबाटै बाहिरिएको छ।
चाइना टेक्सटाइल सिटी स्पोर्टस सेन्टर जिम्रेसियममा बुधबार भएको खेलमा इरानसँग ३–० को सोझो सेटमा पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिएको हो।
पहिलो सेट २५–९ ले गुमाएको नेपालले दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–१३ ले पराजित हुँदै बाहिरियो।
यसअघि मंगलबार भएको समूह‘बी’ को पहिलो खेलमा… विस्तृतमा
September 19, 5:46
धनगढी । कैलाली जिल्ला खेलकुद विकास समितिले मंगलबार कराते खेलाडीलाई सम्मान गरेको छ ।
गत वर्ष पर्वतको कुश्मामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कराते प्रतियोगिताका पदक बिजेता खेलाडीहरुलाई सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक बिकास मन्त्री झपट बहादुर साउदले नगदसहित सम्मान गरेका हुन् ।
स्वर्ण पदक बिजेता आनन्द कामी र प्रतियोगितामा ३ वटा कास्य पदक जितेकी बर्षा साउदले सम्मान स्वरुप १५… विस्तृतमा
September 19, 2:36
काठमाडौं । बिहीबारदेखि काठमाडौंको दशरथ रंगशालमा सुरु हुने साफ यू १९ च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको हो ।
एन्फा प्रवक्ता सुरेश शाहले च्याम्पियनसिपको तयारी पूरा भएको र सहभागी टिमहरु आउन क्रममा रहेको बताए । भुटान र बंगलादेशको टिम आइसकेको छ भने भारत र माल्दिभ्सको टोली आज मंगलबार आउनेछन् ।… विस्तृतमा
September 12, 2:27
काठमाडौं,२६ भदाै । भारतीय उद्यमी अनुपम मित्तलले नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर ललित राजवंशीलाई ब्याट उपहार दिने घोषणा गरेका छन्।
सामाजिक सञ्जाल एक्समा आईसीसी एसिया क्रिकेट नामक ह्यान्डलबाट ललितबारे भएको पोस्टमा प्रतिक्रिया दिँदै ब्याट दिने बताएका छन्।
उक्त पोस्टमा ललितले हालैको एक अन्तर्वार्तामा आफूसँग नेटमा अभ्यास गर्नका लागि ब्याट भएको तर अन्तर्राष्ट्रिय खेलका लागि राम्रो ब्याट नभएको… विस्तृतमा
September 11, 8:59
काठमाडौँ,२५ भदौ । वर्षाका कारण अवरुद्ध भएको भारत र पाकिस्तानबीचको खेल आज पुनः हुने भएको छ।
भारतले हिजो २४ ओभर एक बलमा दुई विकेट गुमाएर १४७ रन बनाएको थियो। आज दिउँसो ३ः१५ मा यही अवस्थामा खेल शुरू हुनेछ।
जारी एशिया कपमा वर्षाको पूर्वानुमानसँगै भारत र पाकिस्तानबीचको ‘सुपर फोर’को खेल र फाइनल खेलका लागि ‘रिजर्भ डे’को व्यवस्था गरिएको छ। जस अनुसार आज रिजर्भ डेमा खेल हुन लागेको हो।
तर, आज पनि… विस्तृतमा