कैलालीमा ‘बर्थ डे’ पार्टीमा विवाद हुँदा एकको मृत्यु

news
news
October 30, 3:42

धनगढी : शुक्रबार राति कैलालीको टीकापुर नगरपालीका वडा नम्बर ८ कालीमाटीका १८ वर्षीय अनुप साउद गाउँमै ‘बर्थ डे’ पार्टीमा रमाइरहेका थिए। कालीमाटीका मात्रै नभई बर्थ डे पार्टीमा छिमेकी गाउँका युवाहरुको पनि सहभागिता थियो। 

केही समय अगाडि मात्रै विवाह गरेका अनुपका साथीहरु पनि थिए पार्टीमा। इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले भने, ‘अधिकांशले मादक पदार्थ सेवन गरेका रहेछन्। सोही ठाउँका हरि साउदले नाच्दा अनुप लगायतका युवाहरुले हासेर गिज्याएको भन्दै विवाद सुरु भएको रहेछ।’

नृत्यमा हासेको भन्दै अनुप र हरिका साला नाता पर्ने भजनी नगरपालीका वडा नम्बर ३ ठेकीपुरका किरण साउदबीच कुटाकुट भएको सापकोटाले  बताए। ‘कुटाकुट हुन थालेपछि ठेकीपुरका किरण साउदले अनुपलाई चक्कु प्रहार गरेको खुलेको छ,’ सापकोटाले भने, ‘चक्कु प्रहारबाट आन्द्रा बाहिर निस्किएको थियो। उपचारका क्रममा अनुपको टीकापुर अस्पतालमा मृत्यु भएको छ।’

चक्कु प्रहारबाट गम्भीर घाइते भएका अनुपको टीकापुर अस्पतालमा उपचारका क्रममा हिजो राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए। भजनी नगरपालिका वडा नम्बर ३ का १९ वर्षीय किरणलाई हत्या आरोपमा पक्राउ गरिएको बिष्टले बताए। 

यता मृतक अनुपका दाई नाता पर्ने खडक साउदले सामान्य विवादमा विभत्र्स हत्या गरिएको बताए। उनका अनुसार अनुपका बुवाआमा भारतमा छन् भने उनकी एक बहिनी छिन्। 

 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा