धनगढीमा वडास्तरीय क्रिकेट प्रतियोगिता सुरु

news
news
November 03, 12:28

धनगढी, १७ कार्तिक । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडामा वडास्तरीय जुगेडा प्रिमियर लिग (जेपिएल) क्रिकेट प्रतियोगिता सुरु भएको छ। दिपावलीको अवसरमा स्थानीय हनुमाननगर युवा क्लवबले प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगिताको उद्घाटन मंगलबार धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले गरेका थिए।

जुगेडाका क्रिकेट खेलाडीहरुको प्रतिभाको उजागर गर्न प्रतियोगता हुन लागेको क्लबका उपाध्यक्ष बालकृष्ण अवस्थीले बताए। जारी प्रतियोगितामा ८ टिमको सहभागीता रहेको छ।

मंगलबार भएको खेलमा आयोजक हनुमाननगर युवा क्लव, नमुना युवा क्लव र जुगेडा युनाइटेडले जित हासिल गरेको आयोजकले जनाएको छ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा