सङ्घीयताको कुरा गरेर केन्द्रीयता लाद्ने प्रवृत्ति अन्त्य हुनुपर्छ : मन्त्री सुवेदी

CTEVT
CTEVT
June 04, 11:43

धनगढी, जेठ १९ - सुदूपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सङ्घीय सरकारको कार्यशैली प्रति टिप्पणी गरेका छन् । आइतबार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को आगामी कार्यदिशा सम्बन्धीको कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री सुवेदीले उक्त कुरा बताएका हुन् । 
‘सीटीइभीटीको कुरा गर्दा सङ्घ सरकारले अहिलेसम्म हामीले कुनै पनि अधिकार दिएको छैन ।’ मन्त्री सुवेदीले भने ‘अब सङ्घीयताको कुरा गर्ने, केन्द्रृयता लाद्ने प्रवृत्ति केन्द्रबाटै अन्त्य हुनुपर्दछ । हामीले खाली सुझाव लिने, सुझाव दिने मात्रै गर्ने बाँकी काम गर्ने अधिकार नै नदिने हो भने यसको अपनत्व हुन सक्दैन ।’
मन्त्री सुवेदीले केन्द्र सरकारले शिक्षाका अन्य काम कारबाहीमा समेत  केन्द्रीयता लाद्न खोजेको मन्त्रीको आरोप छ । जिल्लामा शिक्षा समन्वय इकाइ केन्द्र मातहतकै निकाय राखेको प्रति मन्त्री सुवेदीले गुनासो पोखे । 
अब यसमा सरकार र सीटीइभीटीले समयमै अधिकार प्रदान नगरे प्रदेश सरकारले पुर्न विचार गर्ने समेत मन्त्री सुवेदीले बताएका छन् । ‘सरकारले हामीलाई सीटीइभीटीको अधिकार प्रदान नगरेमा हामीले यस्तै अर्को संस्था प्रदेशमा स्थापना गर्न सक्छौँ ।’ मन्त्री सुवेदीले भने । ले 
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाका सांसदहरूले सीटीइभीटीको संरचना विस्तार गर्नुपर्ने बताए । प्रदेश सुहाउँदो प्राविधिक र दक्ष जनशक्ति उत्पादनका लागि प्रदेश सरकारले स्थानीय तहहरूमा यसको संरचना विस्तार गर्नुपर्ने उनीहरूको भनाई छ । 
सुदूपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक श्रोत समितिका सभापति समेत रहेका नेकपाका सांसद हर्क बहादुर कुँवरले प्रदेशका ८८ वटै स्थानीय तहमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को संरचना विस्तार गर्नुपर्ने बताए । 
नेकपाकै अर्का प्रदेश सभा सदस्य लिलाधर भट्टले श्रमबजारको आवश्यकता र उत्पादन भएको जनशक्ति खपतका बिषमया प्रदेश सरकाले ध्यान दिनुपर्ने बताए । प्रदेश सभा सदस्य पूर्णा जोशीले कोरा प्रमाणपत्र ग्रहण गरेका युवाहरूलाई दक्ष बनाएर रोजगारी तर्फ अग्रसर गराउनुपर्ने धारणा राख्नु भयो । 
नेपालीका काँग्रेसका प्रदेश सभा सदस्य भरत बहादुर खड्काले स्थानीय स्तरबाटै प्राविधिक जनशक्तिका लागि पहल हुनुपर्ने बताए । मुलुक बाहिर नभएर प्रदेशस्तरमै खपत हुने जनशक्ति उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ छ । 
सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापाले भने सबैले सहकार्य गरेर अघि बढ्नपर्नेमा जोड दिए । युवाहरूलाई आत्मनिर्भर बन्ने गरी शिक्षा दिने खालको नीति बन्नुपर्ने उनको भनाई छ ।

सम्बन्धित वर्गका समाचारहरू

‘अरूका लागि साइकलमा दुध बोक्ने शिवचरण डेरीका मालिक’
कञ्चनपुर, माघ २० गते । दशकअघि साइकल गुडाउँदै अरूका लागि दुध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका… विस्तृतमा
तरकारी बेच्न अब्बल थारु महिला
धनगढी । धनगढी उपमहानगरपालिका–१७ पथरीकी अनिता चौधरी सिजनमा तरकारीको भारी बोकेर धनगढी बजार नपुगेको… विस्तृतमा
खडेरीले सुक्न थाले हिउँदे बाली
बाजुरा /  लामो समयको खडेरीले बाजुराका अधिकांश ठाउँमा हिउँदे बाली गहुँ, जौ सुक्न थालेको छ । खडेरीका… विस्तृतमा
रासायनिक मलको कोटा निर्धारण
कञ्चनपुर  । किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण… विस्तृतमा