शिखरका मतदाता भन्छन् – जीवनभर रुखमा भोट हाल्यौं, यो वर्ष पनि छुटाउँदैनौ

May 08, 5:00

डोटी,२५ बैशाख / शिखर नगरपालिकाका मतदाताहरुले नेपाली कांग्रेसको रुख चिन्ह बाहेक अन्त भोट नहाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उमेदवारहरु घरदैलो अभियानका क्रममा मत माग्न घरमै पुगेपछि मतदाताहरुले रुख बाहेक अन्त भोट नहाल्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

शिखर नगरपालिकाका मेयरका उमेदवार दीर्घ बलायर, उप-मेयरका उमेदवार सुनिता रावल जोरा लगायत सम्बन्धित वडाका उमेदवारहरु जनताको घरदैलोमा पुगेका हुन् । उनीहरूलाई मतदाताहरुले घरघरमा टिका, माला लगाएर स्वागत गर्नुका साथै रुख चिन्हमा मतदान गरेर बहुमतले विजय गराउने बाचा गरेका छन् ।

‘चुनावमा जीवनभर रुख चिन्हमा भोट हालेको छु,’ शिखर नगरपालिका ९ की एक महिला मतदाताले भनिन्,’ अहिले अरु चिन्हमा भोट हाल्नु पर्यो भनेर अन्य नेताहरु पनि आउँछन् , हामीले हुन्छ भनेर पठाउँछौ तर भोट रुख मै हाल्ने हो ।’

शिखर नगरपालिका ८ का ७७ वर्षीय एक मतदाताले मेयरको उमेदवार बलायरको टाउकोमा हात राख्दै भने,’ अबको चुनाव सम्म बाँचिन्छ या मरिन्छ थाह छैन तर यो पालिको चुनावमा सधैंको चुनाव जस्तै रुखमा भोट हालेर जिताउछौं, ढुक्क भएर जाँदा हुन्छ तर काम चै गर्नु पर्छ ।’

कांग्रेसका उमेदवारहरु घरदैलोमा जाँदा अधिकांश मतदाताहरु मुस्कुराउँदै आशीर्वाद दिने गरेका छन् । सुरु देखि कांग्रेसको किल्लाका रूपमा लिइने सो नगरपालिकामा यस अघि पनि कांग्रेस बहुमतले विजयी भएको थियो ।

घरदैलोका क्रममा जनताले दिएको आश्वासन, सैद्धान्तिक भरोसा र कांग्रेस प्रतिको जनविश्वासले आफूहरु बहुमतले विजय हुनेमा ढुक्क रहेको मेयरको उमेदवार दीर्घ बलयरले बताए । उनले आफ्ना चुनावी गतिविधिहरु निर्वाचन आचारसंहिता पालना गर्दै शान्त र सरल तबरबाट अघि बढिरहेको बताए ।

घरदैलो कार्यक्रमका क्रममा आफूहरु भन्दा शिखरका मतदाताहरु कांग्रेसलाई जिताउन उत्साही देखिएको उपमेयरका उमेदवार सुनिता रावल जोराले बताइन् । बढीजसो महिला मतदाताहरु रुख चिन्हमा छाप लगाउन उत्साहित रहेको उनले बताइन् । जनताको स्वागत, सत्कार, शुभकामना र सबैभन्दा ठूलो दान मतदान गर्ने जनताका हितमा सक्रिय भएर लाग्ने उनले बताइन् ।

शिखर नगरपालिकाका मेयर सीताराम जोशीले यस वर्षको निर्वाचनमा कांग्रेस गत वर्षको भन्दा दोब्बर मत ल्याएर चुनाव जित्ने दाबी गरे । ‘गत निर्वाचनमा १७ सय बढी मतले विजय भएका थियौं । यो पांच वर्षको अवधिमा अन्य पार्टीमा गएका मतदाताहरु अधिकांश कांग्रेसमा फर्किएका छन्,’ उनले भने यस वर्ष दुई तिहाई भन्दा बढी मत ल्याएर कांग्रेस विजयी हुन्छ ।’

शिखर नगरपालिकामा कुनै पनि आपसी मतभेद नराखेर सबै नेता, कार्यकर्ताहरु कांग्रेस जिताउने अभियानमा लागेको नेपाली कांग्रेस डोटीका पार्टी उपसभापति नारायण जोशीले बताए । घरदैलोका क्रममा जनताहरूले भोट दिने वाचा सहित केही सुझाव, सल्लाह दिनुका साथै युवा नेतृत्वबाट ठूलो अपेक्षा पनि राखेका छन्,’ जोशीले भने,’ जनताको अपेक्षालाई आत्मसाथ गर्दै हामी अघि बढेका छौं ।’

जनताले घरघरमा गरेको स्वागत, कांग्रेस प्रति देखाएको विश्वासले कांग्रेसमा पुरानै जनलहर फर्किएको कांग्रेस नेता राम रोकायाले बताए । कांग्रेसले विगतमा स्थानीय सरकार सञ्चालन गर्दा जनतालाई देखाएको विश्वास, पारदर्शिता, विकास र जनमैत्री जनप्रतिनिधिका कारणले पनि शिखरमा कांग्रेसको अवस्था अझै बलिएको रहेको युवा नेता ललित बालयरले बताए । उनले पनि शिखरमा कांग्रेस बहुमतले विजय हुने दाबी गरे ।

निर्वाचनकै मुखमा विभिन्न पार्टी छोडेर नेता कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गर्न थालेपछि शिखरमा कांग्रेसलाई झनै सहज भएको नेपाली कांग्रेस नगर कमिटी सचिव अर्जुन बलयारले बताए । कांग्रेसको लोकप्रिय घोषणा र प्रतिबद्धताले मतदाताहरु झनै खुसी भएको उनको दाबी छ ।

सम्बन्धित वर्गका समाचारहरू

गुरुकुल एकेडेमीमा आम निर्वाचनको झल्को, बिद्यार्थी परिषदका लागी…
धनगढी- धनगढीको गुरुकुल एकेडेमीमा मतदान मार्फत बिद्यार्थी परिषद चुनिन लागेको छ । निजि लगानीमा… विस्तृतमा
धनगढी उपमहानगरपालिकाका मेयर हमाल द्वारा पदभार ग्रहण
धनगढी ९जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन । … विस्तृतमा
कञ्चनपुरको पुनर्वासको मेयरमा काँग्रेसका शर्मा र उपमेयरमा राना…
धनगढी, ९ जेठ ।  कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तोयप्रसाद शर्मा विजयी भएका… विस्तृतमा
कोरोनामा अहोरात्र खटिएका गज्जुः कान्छा वडाध्यक्ष बन्दाको फराकिलो…
धनगढी, ६ जेठ /  धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा… विस्तृतमा