पाँच दलिय गठबन्धनलाई बिजयी गराऔं : प्रचण्ड

May 09, 5:46

डोटी, बैशाख २६ / नेकपा माओबादी केन्द्रका अध्यक्ष एवं पूर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच दलिय बाम लोकतान्त्रीक गठबन्धनलाई बिजयी गराउन गनुरोध गरेका छन् ।

डोटीको दिपायलमा सोमबार आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन् । ‘देशमा एका तर्फ बाम लोकतान्त्रीक गठबन्धन र अर्को तर्फ एमालेलाई संकेत गर्दै प्रतिगामी खालको राजबादीहरुको गठबन्धन छ’, प्रचण्डले भने, ‘संबिधान, संधीयता तथा लोकतान्त्रीक गणतन्त्र रक्षाका निम्ती पाँच दलीय बाम लोकतान्त्रीक गठबन्धनलाई बिजयी गराउनु होला ।’

चुनाबी अभियानलाई सम्बोधन गर्दै प्रचण्डले डोटीको विकासका लागि जुनसुकैबेला तयार भएको बताए । ‘खुटिया दिपायल दु्रत राजमार्ग, पश्चिम सेती परियोजना, एकिकृत खप्तड पर्यटन विकासका लागि म सदैब सकारात्मक रहेको र हाम्रै नेतृत्वमा यि कामहरु गर्नेछौं’, प्रचण्डले भने, ‘हामीलाई जिताउनुहोस्, तपाईहरु माँझ फेरी केहि योजना लइाएर आउने छौं ।’

कार्यक्रममा नेकपा एकिकृत समाजबादी पार्टीका नेता तथा संबिधान सभा सदस्य हर्कबहादुर सिंह, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, कर्णाली प्रदेशका पूर्ब मुख्यमन्त्री महेन्द्र शाही, सुदूरपश्चिम प्रदेशका पूर्ब आन्तरीक मामिला तथा कानुन  मन्त्री पूर्णा जोशी लगायत नेताहरुको उपस्थिति रहेको थियो ।
डोटीमा नेकपा माओबादी केन्द्र र नेकपा एकिकृत समाजबादी पार्टी गठबन्धन गरेर स्थानीय निर्वाचन लड्दैछ भने नेपाली कांग्रेस, नेकपा एमाले एक्ल–एक्लै चुनाबमा होमिएका छन् । 
 

सम्बन्धित वर्गका समाचारहरू

गुरुकुल एकेडेमीमा आम निर्वाचनको झल्को, बिद्यार्थी परिषदका लागी…
धनगढी- धनगढीको गुरुकुल एकेडेमीमा मतदान मार्फत बिद्यार्थी परिषद चुनिन लागेको छ । निजि लगानीमा… विस्तृतमा
धनगढी उपमहानगरपालिकाका मेयर हमाल द्वारा पदभार ग्रहण
धनगढी ९जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन । … विस्तृतमा
कञ्चनपुरको पुनर्वासको मेयरमा काँग्रेसका शर्मा र उपमेयरमा राना…
धनगढी, ९ जेठ ।  कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तोयप्रसाद शर्मा विजयी भएका… विस्तृतमा
कोरोनामा अहोरात्र खटिएका गज्जुः कान्छा वडाध्यक्ष बन्दाको फराकिलो…
धनगढी, ६ जेठ /  धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा… विस्तृतमा