पैंसा बोकेर राती गाउँ पस्नेलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाउँन कांग्रेस सभापति बलायारकाे निर्देशन

May 09, 8:40

डाेटी २६ बैशाख - नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति एवं पूर्व मन्त्री वीर बहादुर बलायरले मौन अवधिमा पैंसा सहति राती गाउँपस्नेलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउन निर्देशन दिएका छन् । शिखर नगरपालिका–१ कपल्लेकीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले स्थानीय तह निर्वाचनको अबको बाँकी समय रखवाली गर्न कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

कम्युनिष्टहरुले भ्रष्टाचार गरेर, जनता तथा श्रमजीविहरुलाई लुटेर अकुत सम्पती आर्जेको आरोप लगाउँदै सभापति बलायरले त्यो कालो धन उनिहरुले निर्वाचनमा प्रयोग गर्ने खतरा बढेको बताए । उनले कम्युनिष्टहरुले कमिसन खाएको, भ्रष्टाचार गरेको कालो धन घरमा लुकाएर राखेका कारण मुलुकमा आर्थिक मन्दी आएको र बैंकमा पैंसा रित्तिएको बताए ।

‘गलत तरिकाबाट कमाएको पैंसा बैंकमा जम्मा गर्दा आयस्रोत देखाउनु पर्ने हुन्छ,‘बलायरले भने,‘अकुत सम्पतीको आयस्रोत देखाउने ठाउँ नभए पछि घरमै पैंसा लुकाएको छ । त्यो कालो धन चुनावमा मतदाता प्रभावित पार्न प्रयोग हुन सक्छ त्यसैले कांग्रेस कार्यकर्ता अबको चार दिन चनाखो हुनु पर्ने छ ।’

पैंसाको चलखेल हुन दिएन भने जिल्लाका सबै वडा र पालिकामा कांग्रेस बहुमतले चुनाव जित्ने सभापति बलायरको दावी छ । उनले कांग्रेस कार्यकर्ताहरुलाई मतदाता प्रभावीत पार्न पैंसा बोकेर राती–राती गाउँवस्तीमा छिर्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिएर तिनको झोला समातेर प्रहरीलाई बुझाउन निर्देशन समेत दिएका छन् ।

शिखर नगरपालिकाका ९ वटै वडामा चुनाव जित्ने निश्चित भएको बताउँदै उनले भने,‘हाम्रो तागतका अगाडी, इमान्दारीताको अगाडी, हाम्रो सैद्धान्तिक निष्ठा र आदर्शका अगाडी आजसम्म डोटीमा हामीसँग सैद्धान्तिक प्रतिवाद गर्न सक्ने एउटा पनि कम्युनिष्ठ नेता छैन, तसर्थ कांग्रेसलाई मतदान गरी बहुमतले विजयी गराउँन हार्दिक अपिल गर्दछु ।’

सम्बन्धित वर्गका समाचारहरू

गुरुकुल एकेडेमीमा आम निर्वाचनको झल्को, बिद्यार्थी परिषदका लागी…
धनगढी- धनगढीको गुरुकुल एकेडेमीमा मतदान मार्फत बिद्यार्थी परिषद चुनिन लागेको छ । निजि लगानीमा… विस्तृतमा
धनगढी उपमहानगरपालिकाका मेयर हमाल द्वारा पदभार ग्रहण
धनगढी ९जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन । … विस्तृतमा
कञ्चनपुरको पुनर्वासको मेयरमा काँग्रेसका शर्मा र उपमेयरमा राना…
धनगढी, ९ जेठ ।  कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तोयप्रसाद शर्मा विजयी भएका… विस्तृतमा
कोरोनामा अहोरात्र खटिएका गज्जुः कान्छा वडाध्यक्ष बन्दाको फराकिलो…
धनगढी, ६ जेठ /  धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा… विस्तृतमा