डोटीको भगवती मावि तलारा एसइईमा उत्कृष्ट पहिचान बनाउँदै, ४ विद्यार्थी ‘ए प्लस’ 

डोटीको भगवती मावि तलारा एसइईमा उत्कृष्ट पहिचान बनाउँदै, ४ विद्यार्थी ‘ए प्लस’ 
डोटीको भगवती मावि तलारा एसइईमा उत्कृष्ट पहिचान बनाउँदै, ४ विद्यार्थी ‘ए प्लस’ 
July 07, 8:12

डोटी - डोटीका सामुदायिक विद्यालयमा उत्कृष्ट विद्यालयको पहिचान बनाएको भगवती माध्यमिक विद्यालयले यस वर्ष पनि एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याएको छ । आदर्श गाउँपालिका वडा नम्बर ५ तलारामा रहेको सो विद्यालयले अरू वर्षझैँ शैक्षिक सत्र २०७९ मा पनि उत्कृष्ट नतिजा ल्याएको हो ।

उक्त विद्यालयबाट ६१ जना विद्यार्थी परीक्षामा सम्मीलित भएका थिए । जसमध्ये ४ जना ३.६ देखि ४.० जिपिए अर्थात् ए प्लस ल्याएर उत्तीर्ण भएका छन् । त्यस्तै ८ जना ३.२ देखि ३.६ जिपिए, ११ जना २.८ देखि ३.२ जिपिए, १८ जना २.४ देखि २.८ जिपिए, १३ जना २.० देखि २.४ जिपिए र ७ जना १.६ देखि २.० जिपिए ल्याएर उत्तीर्ण भएका विद्यालयले जानकारी दिएको छ ।

गत वर्ष पनि सो विद्यालयले एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याएको थियो । भगवती माध्यमिक विद्यालय तलाराले एसएलसी परीक्षामा राम्रो नतिजा ल्याएबापत एक पटक राष्ट्रिय पुरस्कार पाइसकेको छ । यसका साथै एसएलसी परीक्षामा लगातार ३ वर्षसम्म शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराई सिकाइ उपलब्धि उच्चतम कायम गरेबापत २ पटक विद्यालय पुरस्कृत भैसकेको छ ।

विद्यालयका प्रधानाध्यापक टेक बहादुर सिंहका अनुसार बि.स. २०६५ सालदेखि विद्यालयले शैक्षिक गुणस्तरमा फड्को मार्न सुरु गरेको थियो । त्यस बेला उनी प्रधानाध्यापक नियुक्त भएका थिए । विद्यार्थीहरूको नतिजाले आफू लगायत विद्यालय परिवारलाई खुसी लागेको प्रधानाध्यापक सिंहले बताए । आगामी वर्ष अझै राम्रो नतिजा दिने गरी आफ्नो नेतृत्वको टिम क्रियाशील हुने उनको भनाई छ ।

 

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा