विद्यार्थीहरुले बनाएको हस्तनिर्मित राखीमा आकर्षण

August 30, 5:01

धनगढी, १३ भदौं । एसपीए कलेजमा अध्ययनरत् विद्यार्थीहरुले बनाएको हस्तनिर्मित रक्षा धागो (राखी)मा आकर्षण देखिएको छ ।
एसपीए स्मल स्केल इन्टरप्रेनियर्स र थियटर एण्ड आर्टस क्लबका विद्यार्थीहरुले बनाएको हस्तनिर्मित रक्षा धागोमा  स्थानीय धनगढीबासीको आकर्षण देखिएको हो । 

भारतलगायत देशबाट आयातित रक्षा धागोहरु कच्चा, कम गुणस्तरका र बढी कस्मेटिकयुक्त हुने भएकाले ती भन्दा हस्तनिर्मित रक्षा धागोमा स्थानीयको आकर्षण देखिएको स्मल स्केल इन्टरप्रेनियर्सका अध्यक्ष प्रिन्स पन्तले बताए । 
विधार्थीहरुले एसपीए कलेज परिसर तथा धनगढी चौराहामा स्टल राखेका छन् । स्टलमा विभिन्न डिजायका रक्षा धागोहरु उपलब्ध छन् ।

कलेजले विद्यार्थीहरुमा उद्दमशीलता विकास गर्न उक्त क्लबको गठन गरिएको हो । उक्त क्लबबाट विद्यार्थीहरुले सा साना व्यवसायउन्मुख क्रियाकलापहरु गर्दै आएका छन् । 

आफ्नो उदद्यमशील विद्यार्थीहरुले कुनै व्यापार व्यवसाय गर्न चाहेमा कलेजले बिना धितो १० लाखसम्मको लगानी समेत गरिदिने व्यवस्था गरेको छ । 

थियटर एण्ड आर्टस क्लबकी अध्यक्ष आयुष्मा जोशीले स्थानीयबाट राम्रो प्रतिक्रिया पाइरहेको बताईन् । 

यही बिहीबार देशभर रक्षा बन्धन तथा जनै पूर्णिमा मनाइँदैछ । उक्तदिन दिदीवहिनीहरुले आफ्ना दाजु(भाइका दाहिने हातका नाडीमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ । 

यो चाड दाजुभाइ(दिदिबहिनी सम्बन्धको अनन्त प्रेमको प्रतीक हो। यो केवल रगतको सम्बन्ध मात्र नभई आफूले दिदीबहिनी या दाजुभाइ मानेका यस्ता अन्य सम्बन्धमा पनि मनाइन्छ । यस दिन, दिदीबहिनीले आफ्नो सफलता, स्वास्थ्य र खुसीको प्रार्थना गर्न आफ्ना दाजुभाइको हातमा रक्षा बन्धनको धागो बाँधिदिने चलन छ। त्यसै गरि दाजुभाइले पनि दिदीबहिनीलाई उपहार दिन्छन् र आफ्ना दिदीबहिनीलाई हरेक परिस्थितिमा जोगाउने बचन दिन्छन् ।
 

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा