बाजुरा दुर्गम बस्तीका विद्यालयमा प्रभावकारी बन्दै दिवा खाजा

August 31, 2:33

बाजुरा,१४ भदौ । बाजुराको दुर्गम गाउँ बस्तीका विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय तथा विश्व खाद्यान कार्यक्रमको आर्थिक सहयोगमा बाजुराका २३९ वटा विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गरिएको छ।

बुढीनन्दा नगरपालिका–९, सिद्धेश्वरी आधारभूत विद्यालयका छात्र किरन रोकायाले विद्यालयमै खाजाको व्यवस्था भएपछि खाजाका लागि घर जानुपर्ने बाध्यता हटेको बताए। उनले भने,“घरमा खाजा खान गएको बेला विद्यालयमा आउँदा पढाइ छुट्ने गथ्र्यो। अहिले विद्यालयमै खाजा मिल्न थालेपछि सबै विषय पढ्ने मौका मिलेको छ।”बुढीनन्दा नगरपालिका–९ स्थित सिद्धेश्वरी आधारभूत विद्यालयका शिक्षक तुला रावतले विद्यालयमै मिठो र पोषिलो खाजा खान पाउने आसले पछिल्लो समय बालबालिका नियमित विद्यालयमा आउन थालेकाले विद्यार्थीको सङ्ख्यामा समेत वृद्धि भएको बताए।

उनले भने, “दिउँसो भोक लागेपछि बालबालिका पढाइ छोडेर नास्ताका लागि घरमा जाने गर्दथे। अहिले विद्यालयमा खाजाको व्यवस्था भएपछि पूरा कक्षा पढ्न पाएका छन्।”शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका बालबालिकाको दिवा खाजा कार्यक्रमको रकम पालिकाको खातामा राखिदिने गरेको छ। पालिकाले सिधै विद्यालयको खातामा राख्दै आएपछि विद्यालयले त्यो रकम निकासा गर्दै विद्यार्थीलाई दिवा खाजा खुवाउने गर्दछन्।

प्रतिविद्यार्थी १५ रुपियाँ पर्ने खाजा रकमले विद्यालयले बालबालिकालाई बिस्कुट, मासु, चिउरा र फलफूल खुवाउँदै आएको छ। बाजुराका दुई पालिकाका १०१ विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनमा छ। शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका प्रमुख हर्कबहादुर सिंहका अनुसार बाजुराका सात वटा पालिकाका झन्डै १३८ विद्यालयमा विश्व खाद्यान्न कार्यक्रम लागु भएको छ। खाद्यान कार्यक्रम लागु भएका विद्यालयमा प्रतिविद्यार्थी ८० ग्राम चामल, २० ग्राम दाल, १० ग्राम तेल, दुई ग्राम नुन गरी ११२ ग्राम खाद्यान कार्यक्रमले  दिने गरेको छ। बाजुराका नौ वटै स्थानीय निकायमा २३७ सामुदायिक विद्यालय छन्।

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा