मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु

September 02, 2:31

चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको छ ।  रेलले मिनिबसलाई केही मिटरसम्म घिसारेर लगेको थियो, जुन दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् ।

चिलीको राजधानीबाट करिब ५०० किलोमिटर दक्षिणमा रहेको सान पेड्रो डे ला पाज सहर नजिकै रेलवे क्रसिङमा उक्त दुर्घटना भएको अधिकारीहरूले बताएका छन्।

 प्रहरी अधिकारीले मिनिबसमा १४ जना यात्रु सवार थिए जसमध्ये सात जनाको दुर्घटनामा मृत्यु भएको बताए । अन्य सात जना घाइते भएका छन्, जसमध्ये पाँचको अवस्था गम्भीर छ ।

चिलीको राज्य रेलवे कम्पनीले एक विज्ञप्तिमा मिनीबस रेलवे क्रसिङ पार गर्ने क्रममा दुर्घटना भएको जनाएको छ। दुर्घटना पछि रेलवे क्रसिङको सुरक्षाको समीक्षा गरिएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज राति ११…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
इराकमा ३०० बढीको ज्यान लिने गरी बम विस्फोट गराउने ३…
काठमाडौं । ३०० भन्दा बढी मानिसको ज्यान लिने गरी २०१६ मा बग्दादमा बम विस्फोट गराउने तीन जनालाई… विस्तृतमा