प्रारम्भिक बालविकास सहयोगीको तलब श्रम ऐन अनुसार हुने

September 13, 12:40

काठमाडौं,२७ भदाै । प्रारम्भिक बालविकास सहयोगी कार्यकर्ताको पारिश्रामिक श्रम ऐन अनुसार हुने भएको छ ।
बुधबार संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकले ‘सहयोगी कार्यकर्ताको पारिश्रामिक श्रमसम्बन्धी प्रचलित संघीय कानुन बमोजिम हुने गरी गर्नुपर्ने’ व्यवस्था गरेको छ ।
साथै सहयोगी कार्यकर्ताको पारिश्रामिक, सेवाको शर्त तथा सुविधा स्थानीय कानुन बमोजिम हुने व्यवस्था गरिएको उल्लेख छ ।
स्थानीय तहले विद्यालयमा प्रारम्भिक बालविकास केन्द्र सञ्चालन गर्न अनुमति दिन सक्ने, यस ऐन प्रारम्भ हुँदा सञ्चालनमा रहेका प्रारिम्भक बालविकास केन्द्रलाई सम्बन्धित स्थानीय तहले प्रत्येक विद्यालयमा एक भन्दा बढी नहुने गरी समायोजन तथा पुनर्वितरण गर्न सक्ने व्यवस्था गरेको छ ।
यसबाट प्रारम्भिक बालविकास शिक्षाको व्यवस्थापन तथा सञ्चालन सहज र प्रभावकारी हुने ऐनमा उल्लेख छ ।
तर प्रारम्भिक बालविकास सहजकर्ताहरुको छाता संगठन बालविकास शिक्षक केन्द्रीय समितिले भने प्रावि तहको शिक्षक सरह तलब हुनुपर्ने, सेवा सुविधा हुनुपर्ने माग राख्दै विभिन्न आन्दोलन गर्दै आइरहेको छ ।
समितिको अनुसार अहिले ३६ हजार ५९३ जना बालविकास सहजकर्ता छन् । जसमा करिब एक प्रतिशत मात्रै पुरुष सहजकर्ता छन् ।
विकट जिल्लाका स्थानीय तहमा मात्रै पुरुष सहजकर्ता पनि छन् । शिक्षा तथा मानवस्रोत विकास केन्द्रको तथ्यांक अनुसार देशभर अहिले ३६ हजार ७१२ बालविकास केन्द्रहरु छन् । ती मध्ये ६ हजार ५ सय संस्थागत विद्यालय अन्तर्गतका बालविकास केन्द्र हुन् ।

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा