भुकम्प अपडेट : बझाङमा एक जनाकाे मृत्यु
October 03, 8:35
बझाङ । बझाङमा भूकम्पपछि आएको पहिरोमा परेर एक महिलाको मृत्यु भएको छ । मंगलबार दिउँसो गएको ६.३ रेक्टरस्केलको भूकम्पपछि आएको पहिरोमा परेर जयपृथ्वी नगरपालिका-११ स्थित मयानास्थित ओखलकी करिब ४० वर्षीया गुनमति धामीको मृत्यु भएको प्रहरीको भनाइ छ । उनको टिमुर टिप्न गएका बेला माथिबाट खसेको ढुङ्गा टाउको लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
भुकम्पमा परि १३ जना घाइते भएका छन् । ती मध्य २ जनालाई थप उपचारको लागी धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक भरत शाहले जानकारी दिए । आज दिउसो ३ बजेर ६ मिनेट जाँदा बझाङको तालकोट केन्द्रबिन्दु भएर भूकम्प थियो ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
September 06, 7:26
January 12, 11:40
September 13, 8:58
January 14, 8:58
September 20, 9:17
सम्बन्धित वर्गका समाचारहरू
February 15, 10:45
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
February 15, 10:38
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा