डडेल्धुरामा अटो दुर्घटना हुदा दुई जना घाइते

October 21, 9:57

डडेल्धुरा / डडेल्धुरामा अटो दुर्घटना हुदा दुई जना घाइते भएका छन् । जिल्लाको आलिताल गाउँपालिकामा अटो दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् । घाइते दुबै जनालाई उपचारका लागी धनगढी रेफर गरिएको छ ।

दुर्घटनामा परि घाइते भएका आलिताल गाउँपालिका–५ घर भएका ४७ वर्षीया लक्ष्मी ताम्राकार र उनकी छोरी २२ वर्षीया मिना ताम्राकारलाई धनगढी रेफर गरिएको प्रहरीले बताएको छ ।

अटो गोदामदेखि आलिताल–५ बहिरिसैन तर्फ जाँदै गर्दा दुर्घटना भएको थियो । प्रहरीका अनुसार आलिताल गाउँपालिका जाने सडकमा सुपप्र ०२००१ ह १७४० नम्बरको अटो दुर्घटना भएको थियो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा