बझाङका भूकम्प पिडितलाई उपचार र राहतमा कुनै कसर बाँकी राखिन्नः मुख्यमन्त्री शाह

November 01, 12:48

बझाङ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भूकम्पबाट प्रभावित बनेका बझाङवासीलाई राहतका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

मुख्यमन्त्री सहित आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट र सुरक्षा निकायका प्रमुखसहितको टोलीले भूकम्पबाट बढी प्रभावित विभिन्न पालिका पुगेर स्थलगत अनुगमनको क्रममा शाहले यस्तो बताएका हुन् । टोलीले स्थानीका घरमै पुगेर दुःख सुन्नुका साथै क्षति भएका भौतिक संरचना हेरेको थियो।

स्थानीयसँगको भेटमा मुख्यमन्त्री शाहले घाइतेको उपचार, राहत र भौतिक संरचना निर्माणका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताएका थिए । उनले स्थलगत अनुगमन सकिएपछि चाँडै राहत घोषणा गर्ने प्रतिवद्धता समेत जनाए । मंगलबार दिउँसो बझाङ केन्द्रबिन्दु बनाएर दुईपटक भूकम्प गएको थियो । पहिलोपटक २ः४० मा तलकोट केन्द्रविन्दु बनाएर ५.३ र दोस्रोपटक चैनपुरआसपासको क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६.।३ रेक्टर स्केलको भूकम्प गएको हो ।

बझाङ भूकम्पले सुदूरपश्चिम प्रदेशमा ७६ निजी घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संकलन गरेको प्रारम्भिक विवरणअनुसार ६.३ म्याग्निच्युड र त्यसपछिका भूकम्पले बझाङमा ६४, बाजुरामा नौ, बैतडीमा दुई र अछाममा एक निजी घर पूर्ण रूपमा क्षतिग्रस्त भएका हुन् ।

भूकम्पले सात पहाडी जिल्लाका तीन सय दुई घरमा आंशिक क्षति पुगेको छ । जसमध्ये सबैभन्दा धेरै बझाङमा दुई सय ७७ घर छन् । प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्का अनुसार निजी घरबाहेक सातवटा विद्यालय भवन, एउटा स्वास्थ्य चौकी र २५ वटा सरकारी भवनमा पनि आंशिक क्षति पुगेको छ। भूकम्पका कारण तीन सय ७८ घरपरिवारका एक हजार नौ सय जनसंख्या घरबाहिर पुगेका छन् । भूकम्पपीडितलाई बस्न तीन सय ७८ सेल्टर बनाइएको छ, जसमध्ये सबैभन्दा बढी बझाङमा तीन सय ४१ छन् । भूकम्पमा परी एक महिलाको ज्यान गएको छ भने २७ जना घाइते भएका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा