बजारमा टिमुरको माग बढ्दै, जङ्गलमा खेर जाँदै

November 03, 10:53

बाजुरा । जिल्लाबाहिरका विभिन्न बजारमा टिमुरको माग बढ्दै गएको बेला बाजुराका अधिकांश जङ्गलमा भने टिमुर त्यतिकै खेर जाने गरेको छ ।  यहाँका स्थानीयले टिमुरका बारेमा खासै चासो नदेखाउँदा विभिन्न वनजङ्गल आफैँ फलेको टिमुरमा त्यत्तिकै खेर जाने गरेको हो । 

घरमा प्रयोग गर्नका लागि थोरै ल्याउने गरेको भए पनि बजार बिक्री गर्र्ने गरी टिमुर टिप्ने नगरेको छेडेदह गाउँपालिका–२, जयवागेश्वरीका स्थानीय बने रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा बिक्री हुँदैन । बाहिर लिएर बेच्न सकिँदैन । त्यसैले यता कसैले टिमुर नटिपेपछि त्यत्तिकै खेर जाने गरेको हो ।”

बजारमा प्रतिकिलो दुई सयदेखि तीन सय रुपियाँ पर्ने टिमुरको मेहनत गरे अनुसार मूल्य नपाउँदा टिप्नै छोडेको रोकायाले बताउनुभयो । बाजुरामा टिमुरको मूल्य राम्रो नहुँदा यहाँका अधिकांश स्थानीयले सामान्य तरिकाले घरमा प्रयोग गर्न मात्र टिप्ने गर्दछन् । 

तर बजारमा बेच्नका लागि खासै नटिप्ने गरेको स्थानीय बताउँछन् । हिउँदको महिना रुघाखोकी लागेको बेला ताँतो पानीसँगै टिमुरको धुलो हालेर खाने गरेपछि रुघाखोकी निको हुने गर्छ । 

त्यति मात्र होइन अहिले प्रत्येक दिनमा खाना र चटनीमा पनि टिमुर प्रयोग हुँदै आएको छ । नेपालमा वार्षिक सरदर एक हजार दुई सय किलो टिमुरको तेल उत्पादन हुने अनुमान गरिएको छ । एक हेक्टर जग्गामा दुई हजारदेखि चार हजार किलो टिमुर फल्ने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ  ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा