शिखर सरकार खेलकुदमा लगानी बढाउन तयार छः नगर उपप्रमुख रावल

November 08, 12:48

दिपायल /  शिखर नगरपालिकाकी उपप्रमुख सुनिता रावल जोराले शिखर सरकार नगरको खेलकुद क्षेत्रमा लगानी बढाउन तयार रहेको बताइन् । मंगलबार शिखर बहुउद्येश्यीय युवा क्लवले आयोजना गरेको जिल्ला स्तरीय खुल्ला पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उनले नगरमा खेलकुदको विकासका लागि नगरको स्रोतसाधनले भ्याएसम्मको लगानी बढाउन तयार रहेको बताएकी हुन् ।

शिखर सरकारले नगरमा एक वडा एक खेल मैदानको अवधारणा अघि बढाएको छ,“उनले भनिन्,“विद्यालयहरुमा पनि व्यवस्थीत खेलमैदान निर्माण गर्न सुरुवात गरेका छौं । हरिहर मावि तलकोटमा निर्माण भएको यो मैदान एक नमुना हो । हामीले यसै गरी सम्भावित अन्य विद्यालयहरुमा पनि खेलमैदान निर्माण गर्ने उद्येश्य लिएका छौं । हाम्रो अवधारणा र उद्येश्य परिपूर्ती गर्न हामी एक्लैले सक्दैनौ यसमा स्थानीय युवा, विद्यलाय व्यवस्थापन समिति, शिक्षक तथा प्रदेश र केन्द्र सरकारले पनि सहयोग गर्नु पर्ने हुन्छ । जसका लागि हामी समन्वय, सहकार्य र सक्दो प्रयास गर्ने छौं ।

नगर उपप्रमुख रावलले नगरमा साँच्चिकै खेलकुदको विकास गर्ने हो भने खेल क्षेत्रमा लागेका युवाहरु अग्रसर हुनुपर्ने बताइन् । खेल क्षेत्रको विकासका लागि लगानी मात्रै ठुलो कुरा हाइन,“उनले भनिन्,“यहाँका युवा खेलाडीहरु र खेलप्रेमीको इच्छाशक्ति, लगनशिलता र अग्रसरता पनि आवश्यक छ । यसरी अग्रसर भएर लागेको खेलाडी युवाहरुको समुहलाई हामीले सधैं साथ र सहयोग दिने छौं ।” उनले नगर सरकारले हरेक वर्ष विभिन्न विधाका खेलकुदहरु आयोजना गर्दै आएको र जिल्ला एवं प्रदेश स्तरीय खेलकुदमा सहभागिता गराउँदै आएको स्मरण गराउँदै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरिन् ।

कार्यक्रमका विशिष्ट अतिथि पूर्व नगर प्रमुख सिताराम जोशीले खेलकुदले युवाहरुलाई अनुशासित, मर्यादित र जिम्मेवार बनाउने बताए । खेलकुदले युवाहरुलाई असल नागरिक बनाउँछ,“उनले भने,“युवाहरुले कडा परिश्रम र मेहनतका साथ लाग्यो भने खेल क्षेत्रमा पछिल्लो समय राम्रै भविश्य छ । यसमा सबै तहका सरकार र सरोकारवाला निकायको सहयोगकोे आवश्यक छ ।”शिखर नगरपालिकाको वडा नं. ६ मा रहेको हरिहर माविको खेलमैदानमा आयोजित उक्त प्रतियोगितामा जिल्लाका २७ वटा टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा १२ ओभरका खेल खेलाइने छ । सेमिफाइनल र फाइनल खेल भने १५ ओभरसम्म खेलाइने छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ६० हजार नगदसहित ट्रफी र प्रमाणपत्र उपलब्ध गराइने शिखर बहुउद्येश्यीय युवा क्लव अध्यक्ष उपेन्द्र मल्लले बताए । उनका अनुसार दृतिय हुने टिमलाई ३० हजार नगरसहित ट्रफी र प्रमाणपत्र उपलब्ध गराइने छ भने बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र म्यान अफ द म्याचलाई ३ हजार पाँच सयका दरले पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक शिखर नगरपालिका रहेको छ भने सह–प्रायोजकमा शिखर नगरपालिका वडा नं. ६ को कार्यालय र दिपायल सिलगढी नगरपालिका रहेको छ । आजको खेलमा शिखर नगरपालिका र आयोजिक टिम विजयी भएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा