अमरगढी ढुङ्गे किल्ला संरक्षणमा सेना

November 10, 12:01

डडेलधुरा । डडेलधुरा जिल्ला सदरमुकाम खलङ्गामा रहेको ऐतिहासिक ढुङ्गे अमरगढी किल्लाको संरक्षणमा नेपाली सेनाले चासो देखाएको छ । अमरगढी नगरपालिका–५, खलङ्गामा अवस्थित सो किल्ला छ हजार ५०० फिट उचाइमा रहेको छ ।

सो किल्ला ढुङ्गा, माटोसँगै काठले बनेको छ । यसको सिंहको टाउकोको आकार जस्तो छ । श्री ५ रणबहादुर शाहको शासनकाल सन् १८४७ भाद्र ३१ गते नेपाल एकीकरणको सिलसिलामा डोटेली राज्यको नारीदाङमा युद्ध भएपछि विशाल डोटी राज्य नेपाल अधिराज्यमा गाभियो भन्ने इतिहास पाइन्छ ।

नारीदाङमा कप्तान रणवीर खत्रीको नेतृत्वमा आएको १० कम्पनीका सैनिक जवान र डोटेली राज्यसँग घमासान युद्ध भएको इतिहास छ । युद्धमा गोरखाली फौजसँग डोटेली फौज पराजित भइसकेपछि यस भूभागको सुशासनलाई सुदृढ र विस्तार गर्न बडाकाजी अमरसिंह थापा प्रथम प्रशासकका रूपमा आउनुभएको बताइन्छ । 

उहाँले यस क्षेत्रको संरक्षणसँगै महाकाली नदीपारि पश्चिम काँकडासम्म विजय अभियानलाई जारी राख्नुभएको थियो । सोही कालमा यस ढुङ्गे किल्लाको निर्माण गरिएको बताइन्छ । १८ औँ शताब्दीको जीवन्त इतिहास बोकेको ढुङ्गे किल्ला हाल जीर्ण हँुदै गएको छ । 

किल्लाको संरक्षण, प्रवर्धन सुधार तथा स्तरोन्नतिका लागि नेपाली सेना अग्रसर भएको छ । अमरगढी नगरपालिका–१, दहमा रहेको सेनाको रणबम गणका गणपति एवं प्रमुख सेनानी प्रवीण थापाले संरक्षणका सम्बन्धमा छलफल अगाडि बढाउनुभएको छ । अमरगढी नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा पाँच लाख रुपियाँ खर्च गरेर विस्तृत अध्ययन प्रतिवेदन तयार पारेको भिडियो प्रदर्शन गर्दै सुझाव सङ्कलन गरिएको छ । सो प्रतिवेदन अनुसार किल्लाको निर्माणको लागि करिब साढे सात करोड रुपियाँ आवश्यक पर्ने देखिएको छ । 

सुदूरपश्चिम प्रदेश सभा सदस्य सरस्वती खड्काले किल्लाको विकासका लागि बजेट अभाव नहुने बताउनुभएको छ । स्थानीय बुद्धिजीवी, राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी, नागरिक समाजका अगुवाले किल्लाको संरक्षणमा एकजुट हुन जरुरी भएको औँल्याएका छन् । 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा