सुदूरपश्चिमलाई आर्मीले दियो २६३ रनको लक्ष्य, भोजराजले लिए ६ विकेट

January 29, 2:16

काठमाडौं । तीव्र गतिका बलर भोजराज भट्टले ६ विकेट लिएपछि त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई २६३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मी ४८.३ ओभरमा २६२ रनमा अल आउट भयो । आर्मीका कुशल मल्लले ६७ बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक ७५ रन बनाए ।

बसिर अहमद ६३ बलमा ३ चौकासहित ३६ रनमा आउट भए । एक समय ८८–६ को दयनीय अवस्थामा पुगेको आर्मीलाई खेलमा फर्काउन सातौं विकेटका लागि कुशल र बसिरले ११३ रनको शतकीय साझेदारी गरेका थिए ।

आर्मीको सुरुवात भने राम्रो हुन सकेको थिएन । तीव्र गतिका बलर भोजराट भट्टको बलमा इमरान शेख ९ रनमै क्याच आउट भए । भोजराजकै बलमा सिनियर टोलीका प्रमुख ब्याटर भीम सार्की एज लागेर २ रनमा विकेटकिपर राजु रिजालबाट समातिन पुगेका थिए ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा