नेपाल-भारत सीमा विवाद समाधानका लागि कूटनीतिक पहल सुरू भइसक्योः मन्त्री साउद

January 29, 8:10

धनगढी। परराष्ट्रमन्त्री एनपी साउदले नेपाल—भारत सीमा समस्या समाधानका लागि कूटनीतिक पहल सुरू भइसकेको बताएका छन्। सोमबार भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा गएका बेला भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा समस्याका बारेमा भएको सहमतिअनुसार समाधानका पहल अघि बढाइएको बताए।‍मन्त्री साउदले सीमानाको समस्या समाधान गर्दा राजनीतिक रूपमा सहमति हुनुपर्ने बताए। उनले प्रशासनिक रूपमा रहेको मेकानिजम पनि क्रियाशील भई अहिले तथ्यको आधारमा दुवै देशबीच समस्या समाधानका लागि कूटनीतिक पहल चलिरहेको बताए।

‘यो कुरा दुबै देशबीच सुरू भइसकेको छ। भर्खरै मात्र भारतका परराष्ट्रमन्त्रीको नेपाल भ्रमणको सिलसिलामा पनि हामीले वार्ता र छलफलको प्रक्रियाबाट यो समस्याको समाधान गर्छौं भन्ने प्रतिवद्धता व्यक्त गरिसकेका छौँ,’ उनले भने।

उनले हालै भारतका विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा पनि सीमा समस्या समाधानको प्रतिबद्धता भएको बताए।मन्त्री साउदले आर्थिक समस्या समाधानका लागि सरकारले हाइड्रो इनर्जीलाई विस्तार गरी भारत, बंगलादेशसँग विद्युत व्यापार बढाउनुपर्ने बताए।उनले अन्तर्राष्ट्रिय समुदायले नै प्रतिवद्धता क्लिन इनर्जी रहेकाले नेपालले त्यसको सदुपयोग गर्न सक्नुपर्ने बताए।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा