सुदूरपश्चिम माओवादी संसदीय दलको नेतामा धामीलाई आजदेखी जिम्मेवारी

January 29, 8:18

सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका संसदीय दलको नेता खगराज भट्टलाई हटाइएको छ। बहुमत प्रदेशसभा सदस्यले संसदीय दलको नेता नै फेर्ने निर्णय गरेर प्रदेशस सभा सचिवालयमा पठाएका थिए ।

सचिवालयले भट्टलाई हटाएर मान बहादुर धामीलाई चयन गरिएको बताएको छ। प्रदेश सभा सचिवालयका सचिव देव बहादुर बोगटीले सचिवायलयमा आएको पत्रलाई सोही अनुसार कार्यान्वयन गरिएको बताए।आज (सोमबार) प्रदेशसभा सचिवालयका सचिव देव बहादुर बोगटीले प्रदेश मुख्यमन्त्री कार्यालयलाई जानकारी गराउँदै संसदीय दलको नेतामा धामीलाई जिम्मेबारी दिइएको पत्रमा उल्लेख गरेका छन्।

संसदीय दलका उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा शुक्रबार बसेको बहुमत प्रदेशसभा सदस्यहरूको बैठकले खगराज भट्टलाई हटाउँदै मानबहादुर धामीलाई दलको नेता चयन गर्ने निर्णय गरेको थियो। यसअघि दलको नेता परिवर्तन गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाइएको उपनेता उपनेता अक्कलबहादुर रावलले बताएका थिए। असन्तुष्ट समूहले दलको नेता परिवर्तन गर्न पार्टी केन्द्रलाई आग्रह गरेका थिए। तर सुनुवाइ नभएकाले दलको नेता फेरिको रावलले बताएका थिए।

रावलले चाडै बैठक बसेर प्रदेश सरकारबारे समेत निर्णय लिइने बताएका थिए। धामीको अध्यक्षतामा बसेको बैठकमा ६ जना प्रदेशसभा सदस्यको उपस्थित थिए। दल नेता खगराज भट्ट, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी, सामाजिक विकासमन्त्री झपट साउँद र प्रदेशसभा सदस्य जानकी पौडेल कुँवर भने अनुपस्थित थिए। यस विषयमा ६ जनाले प्रधानमन्त्री सहित माओवादी शीर्ष नेतालाई जानकारी समेत गराइसकेका थिए।

पुस १९ गते काठमाडौँमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित शीर्ष नेतालाई भेटेर संसदीय दलका नेता तथा सरकारको कामबारे बहुमत प्रदेश सभा सदस्यहरूले असन्तुष्टि व्यक्त गरेका थिए। पुस १९ गते सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारी, मानबहादुर धामी, राज्यमन्त्री गीता मालसहित सात जना प्रदेश सभा सदस्यहरूले प्रधानमन्त्रीलाई सुदूरपश्चिम सरकार हेरफेर गर्न आग्रह गरेका थिए।  भण्डारी, धामी र मालसहित माओवादीका सांसद अक्कल रावल,ओम विक्रम भाट सरल,शिवसिंह ओली र लक्ष्मी विकसहितले सरकारको काम प्रभावकारी नभएको गुनासो गर्दै प्रधानमन्त्रीलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाइएको थियो।

उक्त ज्ञापन पत्रमा सरकारको कामले जनताको विश्वास घटिरहेको, बजेट पारित गर्दा सरकारसँग गरिएको सहमति कार्यान्वयन नगरेको जसका कारण सांसदहरूलाई आफ्नो निर्वाचन क्षेत्र पनि जान समस्या भएको उल्लेख गरिएको छ। सरकारमा माओवादीको हैसियत अनुसार मन्त्रीहरूको वरीयता नदिएको भन्दै ज्ञापन पत्रमा संसदीय दलको नेताको कमजोरी पनि उल्लेख गरिएको थियो ।‘सरकार र संसदीय दलको बिचमा समन्वयन गर्ने प्रभावकारी नेतृत्व गर्ने सक्षम संसदीय दलको नेता हुनुपर्नेमा वर्तमान दलको नेताबाट उक्त भूमिका निर्वाह गर्न उदासीनता तथा अकर्मण्यता देखिएको छ ’ प्रधानमन्त्री प्रचण्डलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको थियो, ‘जसबाट दलभित्र नेतृत्व प्रति व्यापक असन्तुष्टि एवम् अविश्वास बढिरहेको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा