लामो समयपछि हिमपात, चिसोले जनजीवन प्रभावित

February 01, 6:19

बाजुरा। बाजुरामा लामो समयपछि वर्षासँगै हिमपात भएको छ । हिजो राति बूढीनन्दा, हिमाली, जगनाथ, स्वामिकार्तिक लगायतका स्थानीय तहमा लामो समयपछि वर्षासँगै हिमपात सुरु भएको हो । 

हिमपातका कारण चिसो बढ्न थालेपछि यहाँका स्थानीयको जनजीवन प्रभावित बन्दैगएको छ । बडीमालिका, त्रिवेणी, खप्तड छेडेदह गाउँपालिका क्षेत्रमा पनि हिजो रातिबाट हिमपात सुरु भएको हो । 

गत राति सो स्थानमा हिमपात सुरु भएसँगै चिसोका कारण निमोनिया, रुघाखोकी लगायतका बिरामी भएका बालबालिका र ज्येष्ठ नागरिक प्रभावित बन्दैगएका छन् । आफू लामो समय दमका बिरामी भएकाले चिसोमा थप समस्या भइरहेको बूढीनन्दा नगरपालिका –९ पाण्डुसैनका ७० वर्षीय धनवीर रोकायले बताउनुभयो ।

कृषक खुसी

लामो समयपछि जिल्लाका विभिन्न ठाउँमा हिमपात सुरु भएपछि किसान उत्साहित भएका छन् । हिउँदमा लगाएको गहुँ, जौ बाली सुक्न लागेका बेला हिजो रातिबाट वर्षासँगै हिमपात सुरु भएपछि सिँचाइमा ठुलो राहत मिलेको भन्दै किसान हर्षित बनेका हुन् ।

त्रिवेणी नगरपालिका–८ का कविता सार्कीले हिउँदे खेती गहुँ तथा तरकारी सिँचाइ नभएर सुक्नै लागेको समय पानीसँगै हिमपात भएपछि गहुँ जौ खेतीलाई निकै राहत पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कात्तिकमा लगाएको गहुँखेती पानी नपरेर सुक्न लागेको थियो । अहिले वर्षासँगै हिमपात भएपछि खेती सिँचाइमा सहज भयो ।” बाजुराको अधिकांश बूढीनन्दा हिमाली, स्वामिकार्तिक, बडिमालिका, त्रिवेणी बूढीगङ्गा छेडेदहलगायतका ठाउँमा आकाशे पानीको भरमा खेती गर्ने गर्छन् । सिँचाइ गरेको पानीभन्दा हिमपात भएपछि गहुँमा लाग्ने किरा फट्याङ्ग्रा मर्ने भएकाले खेतीपाती राम्रो हुनेगरेको सार्कीले बताउनुभयो ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा