साइन नेपाल द्धारा शिखर नगरपालीकामा आइसोलेसनका लागी सामाग्री हस्तान्तरण

Sahayog
Sahayog
June 29, 7:20

चक्र कुँवर, डोटी अषाढ १५ - 
साइन नेपाल धनगढीले शिखर नगरपालीका डोटीमा आइसोलेसन निर्माणका लागी सामाग्री हस्तान्तरण गरेको छ । नगरपालीकाले वडा नम्वर ३ को आलीमा निर्माण गरेको २५ वेडको आइसोलेसनका लागी आवश्यक सामाग्रीहरु हस्तान्तरण गरेको हो । साइन नेपाल धनगडीका अध्यक्ष भक्तराज जोशीले बेडीङग म्याट्रेस २५ थान, तन्ना २५ थान, तकीया २५ थान र सुपानेट झुल २५ थान नगर प्रमुख सिताराम जोशीलाइ हस्तान्तरण गर्नु भएको छ । अध्यक्ष जोशीले साइन नेपालले केयर एण्ड रिलीफ परियोजनाको आपतकालीन राहात कार्यक्रम अन्र्तगत शिखर नगरपालीकालाइ सामाग्री हस्तान्तरण गरेको जानकारी दिनु भएको छ । साइन नेपाल संस्थाले उपलब्ध गरायको सामाग्रीले नगरपालीकालाइ निकै राहात भएको नगर प्रमुख सिताराम जोशीले वताएका छन् । सामाग्री हस्तान्तरण कार्यक्रममा नगर उपप्रमुख धौली देवी रावल, प्रमुख प्रसाशकीय अधिकृत प्रमानन्द शर्मा, स्वास्थ्य शाखा प्रमुख हरिश शाह, नेपाल पत्रकार महासंघका अध्यक्ष योगेन्द्र वलायर, रेडियो डोटीका प्रवन्ध निर्देशक चक्र कुँवर लगायतको सहभागीता रहेको थियो । साइन नेपाल धनगढीले डोटी लगायत सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा स्वास्थ्य तथा खाद्यय सामाग्रीहरु सहयोग गरिरहेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा