मामा–भान्जा सवार मोटरसाइकललाई ठक्कर दिएको टिप्परले मामालाई ब्याक गरी किचेपछि स्थानीयले टिप्परमा आगो लगाए

Accident
Accident
July 04, 4:41

कञ्चनपुर – कञ्चनपुरको पुनर्वास नगरपालिका १ मा एक युवकको पानी बोक्ने टिप्परले ठक्कर दिँदा मृत्यु भएको छ। शुक्रवार बिहान पुनर्वास नगरपालिका १ स्थित हुलाकी राजमार्गमा सामेल तामाङले चलाएको पानी बोक्ने टिप्परले ठक्कर दिँदा पुनर्वास ७ निवासी योगेन्द्रसिंह ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

ठकुरी से१क ६४२८ नम्बरको मोटरसाइकलमा ११ वर्षीय भान्जा प्रवीन तामाङलाई लिएर बेलौरीतर्फ जाँदै थिए। ठक्कर दिँदा ठकुरी सडकमा खसेका थिए भने पछाडि बसेका भाञ्जा प्रवीन सडक बाहिर खसेका थिए।

‘ब्याक गरेर मार्‍यो‘

सामान्य घाइते भएका प्रवीनले टिप्परले ठक्कर दिएपछि ब्याक गरेर मामालाई किचेको बताए। ‘मामा बाइक चलाउँदै हुनुहुन्थ्यो। म पछाडि बसेको थिए। एक्कासी टिप्परले ठक्कर दियो,’ प्रवीनले भने, ‘म सडक बाहिर ढले। चालकले ब्याक गरेर मामालाई दलेर मारिदियो।’

आफू पनि सडकमै लडेको भए आफूलाई पनि ब्याक गरेर मार्ने थियो भन्दै उनी आक्रोशित भए।

स्थानीयले जलाए टिप्पर

ब्याक गरेर मारेको भन्दै स्थानीय आक्रोशमा आए। उनीहरुले ब्याक गरेर किचेको भन्दै ठक्कर दिने टिप्पर त जलाए नै। घटनापछि आएका थप दुई टिप्पर पनि जलाइदिएका छन्। अन्य टिप्परमा बा १ क ९७८४ र बा १ क ६९३६ नम्बरका रहेका छन्। ब्याक गरेर मारेको भन्दै स्थानीयले नाराबाजी गरेका छन्। 
चालकमाथि ज्यान मुद्दा चलाउन माग गरेका छन्। सिद्धार्थ युवा क्लबका अध्यक्ष जितराज तामाङले घटना दुर्घटना नभई हत्या भएको दाबी गर्दै ज्यान मुद्दा नचलाए आन्दोलन गर्ने चेतावनी दिए। परिवारले पनि शव उठाउन मानेको छैन।

चालक फरार

घटनापछि ठक्कर दिने टिपरका चालक फरार भएका छन्। फरार रहेका चालकको खोजी कार्य भइरहेको पुनर्वास प्रहरी इन्चार्ज वकिलबहादुर सिंहले बताए। अहिले स्थानीयले सडक अवरुद्ध पारेका छन्।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा