विपक्षी गठबन्धनको घेराबन्दीमा प्रधानमन्त्री ओली, अब धेरै सुरक्षित छैनन् उनी

CM vs Oli
CM vs Oli
June 09, 12:47

धनगढी, 
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी गठबन्धनले घेराबन्दी बढाउँदै गएको छ । केन्द्रमा ओलीविरुद्धका कदममा सफलता पाउन नसके पनि प्रदेशमा विपक्षी गठबन्धन बलियो बन्दै गएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार विश्वासको मत लिए । जहाँ उनको सरकार जोगाउन एमालेकै माधव नेपाल खेमा निर्णायक भयो । 
केन्द्रमा विपक्षीलाई दाउपेच र तिकडम गरेर पछाडि पारिरहेका प्रधानमन्त्री ओलीले प्रदेशमा पनि आफ्नो विपक्षमा रहेका सरकार गिराउने प्रयास गरेका थिए । स‌ंसद र संविधानका धारा छलेर जसरी हुन्छ, सत्तामा टिकिरहने रणनीतिमा लागेका ओलीकै सिको लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीहरुले गरेका छन् । जस्तो लुम्बिनीमा विश्वासको मत नलिएरै श‌ंकर पोखरेलले पुनस्नियुक्ति लिए । गण्डकीमा पनि प्रदेश सभालाइ छलेरै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ कुर्सीमा आसीन छन् । यसले राजनीतिमा आचरण र नैतिकताको ठूलो प्रश्न उब्जाएको छ । 

अहिले प्रदेशहरुमा ओली पक्षलाई कमजोर बनाउन एमालेकै असन्तुष्ट समूहले विपक्षलाई साथ दिएको छ । त्यही कारण सुदूरपश्चिममा ओलीको प्रयास विफल भएको छ । लुम्बिनीमा नेपाल समूहसहित विपक्षीहरु सरकारविरुद्ध एक ठाउँमा छन् । 

गण्डकीमा पनि मुख्यमन्त्री गुरुङविरूद्ध विपक्षी गठबन्धनले चुनौती दिइरहेको छ। 

प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउतले एमाले संस्थापननिकट देखिएको जसपाको महन्थ ठाकुर पक्षलाई हटाएर कांग्रेस र माओवादीसहितको गठबन्धन सरकार बताउँदै छन् ।  

कर्णाली प्रदेशमा पनि विपक्षीको एकताकै कारण सरकार ढाल्ने ओली पक्षको प्रयास असफल भयो । ओली पक्षले नै नेतृत्व गरेको बागमती र प्रदेश १ को सरकार मात्र अहिलसम्म सुरक्षित छ । तर विपक्षी गठबन्धनले प्रदेशतिरबाट बढाएको घेराबन्दीले ओली पनि धेरै सुरक्षित छैनन् भन्ने सन्देश दिएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा