लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता ल्याउन देउवालाई ओलीको चुनौति

news
news
August 11, 7:24

काठमाडौं, २६ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्यिाधुरा, लिपुलेक र कालापानीको भू–भाग फिर्ता ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौति दिनुभएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै ओलीले साझा न्यूनतम कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समस्याको रुपमा देखाइएको भन्दै आपत्ति जनाउँदै ती भू–भाग फिर्ता ल्याउन चुनौति दिनुभएको हो ।

‘लिम्पियाधुरा, कालापानी लिपुलेक भारतसँग वार्ता गरेर साझा न्यूनतम कार्यक्रममा किन राख्न सक्नु भएन ? यो समस्या हो र ? हाम्रो भूभाग कतै समस्या हुन्छ ? स्पष्ट रुपमा भन्नु पर्‍यो नि फिर्ता ल्याउँछु। खुट्टा कमाउने कसले बनायो ?’ ओलीले भन्नुभयो ।

वर्तमान सरकारले नेपालको भू–भाग फिर्ता ल्याउन नसके आफूहरुले ल्याएर देखाइदिने ओलीको दाबी छ । ‘त्यो समस्या होइन। फिर्ता लिनुस्। तपाईंहरुले सक्नु भएन भने डेढ वर्ष पर्खनुस्, हामी छौं। हामी फिर्ता ल्याउँछौं,’ भन्नुभयो ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा