घुस रकम नदिएको झोकमा किसानवाट किनेको भैसी सशस्त्र प्रहरीद्धारा भन्सार चलान

news
news
November 09, 3:03

कञ्चनपुर - जिल्लामा सशस्त्र प्रहरीले हाट बजार लैजान लागेको भैसी रोकेर भन्सार चलान गरेको छ । बेदकोट नगरपालिका क्षेत्रका किसानहरुवाट खरिद गरेर ल्याउदै गरेका डाडो भैसी बिचमै रोकेर सशस्त्र प्रहरीले सिधै भन्सार चलान गरेको हो ।

बैधानिक रुपमा किसानहरुवाट खरिद गरेर ल्याएको भैसी कैलालीको गोदावरी नगरपालिका ३ मा रहेको मालाखेती पशु हाट बजारमा ल्याउने क्रममा झलारीमा सशस्त्र प्रहरीले रोकेर भन्सार चलान मालाखेतीका किसान बालकृष्ण भट्टराईले बताएका छन् ।

उनका अनुसार किसानले दुध दिन छाडेका भैसी बेच्नका लागि हाट बजार ल्याउदै गर्दा सशस्त्र प्रहरीले रोकेर सिधै भन्सार चलान गरेको हो ।

सशस्त्र प्रहरीले अन्य तस्कर समुह जस्तै किसानबाट खरिद गरेर हाट बजार लैजाने भैसी किसानसंग रकम अशुल्न खोजेर ज्यादती देखाएको उनको आरोप छ । ‘यो भैसी हामी न भारतबाट ल्याएका हौँ, न चोरेर किन ? शसस्त्र प्रहरीले विच बाटोमा आफ्नै गणमा पुग्ने क्रममा नियन्त्रणमा लिएर भन्सार पठायो ।’

एकातिर किसानलाई सरकारले कृषिमा आधुनिकीकरण आत्मनिर्भर बन्न भन्ने अर्कातिर भैसी बेच्न लैजाँदा खोसेर भन्सार चलान गर्ने सशस्त्र प्रहरीको रबैयाबाट किसान उत्साहित होईन दुरुत्साहित भईरहेको उनको भनाई छ । घुस रकम नदिदा नै सशस्त्र प्रहरीले किसानका भैसी भन्सार चलान गरेको उनको आरोप छ ।

उनका अनुसार विगतमा पनि सशस्त्र प्रहरीले आफुहरुबाट रकम अशुल्नका लागि खोजे पनि प्रर्याप्त प्रमाण र किसानको साथ सर्मथन भएकाले अन्य तस्कर समुह जस्तै आफुहरुबाट रकम अशुल्ने कार्य असफल भएको बताए ।

सीमा क्षेत्रमा आँचाक्ली तस्करी हुँदा समेत सशस्त्र प्रहरी बल लाईन दिनेका समानतिर ध्यानै नदिने लाईन नदिनेमाथि लाईनकै लागि समात्ने तर, किसानले हाट बजारमा भैसी बेच्ने क्रममा अवरोध खडा गर्ने नियत नै ठिक नभएको किसानहरुले दुखेसो पोखेका छन् ।

यता सशस्त्र प्रहरी बल नेपाल नं ३५ गणका प्रमुख प्रहरी उपरिक्षक बिरेन्द्र ऐरले भैसी ओसार्ने व्यक्तिबाट रकम माग्ने कुरै नभएको बताए । भैसी किसानले सशस्त्रलाई रकम नदिदा बार्किनिङ्ग नमिल्दा भैसी भन्सार चलान गरेको भन्ने आरोप गलत भएका बताएका छन् ।

काम गर्दा अनेकन लान्छाना लगाउने बताउदै प्रहरी उपरिक्षक ऐरले आफुहरुले मान्छे सहित भैसीहरु भन्सार चलान गरेको बताए ।

सशस्त्र प्रहरीले किसानलाई रकम नदिएको झोकमा बेच्न लैजाने क्रममा भैसी भन्सार चलान गरेको किसानले प्रशासनसंग समेत गुनासो पोखेका छन । 

सम्बन्धित वर्गका समाचारहरू

जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा