तरुण दलको अध्यक्षमा नेगी चयन

September 04, 1:09

धनगढी १८ भाद्र । तरुण दल कैलालीले धनगढी वडा नम्बर ६को वडा समिति बिस्तार गरेको छ । तपेन्द्र नेगीको अध्यक्षतामा वडा नम्बर ६को समिति बिस्तार गरेको छ । समितिको उपाध्यक्ष नरेश भट्ट, सचिव लोकराज सुबेदी र कोषाध्यक्ष महेश जोशीलाई चयन गरिएको छ । समितिको सदस्यहरुमा सुरेश ओझा, चिरन पुनमगर, हरिश जोशी, भुपेश भट्ट, सुवाश भट्ट, अमिच चौधरी र सन्तोष बोगटी चयन गरिएको छ ।

नेपाली काँग्रेस वडा नम्बर ६को पार्टी कार्यालयमा सोमबार भेली गरी कमिटी बिस्तार गरिएको नेपाल तरुण दल कैलालीका अध्यक्ष निराजन खड्काले जानकारी दिए । कार्यक्रममा नेपाली काँग्रेस धनगढी नगरकार्यसमिति सचिव डण्डीराज सुबेदीको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा, नेपाल तरुण दल कैलालीका अध्यक्ष निराजन खड्का, नेपाली काँग्रेसका क्षेत्रिय प्रतिनिधी श्रवण देउवा, दिनेश भट्ट, लालबहादुर बिष्ट, नगर सदस्य शिबबहादुर कुँवर, वडा समितिका सचिव नरबहादुर नेगी र तरुण दल वडा नम्बर ६का निवार्तमा अध्यक्ष जिवन खड्काको उपस्थिती रहेको थियो ।
 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा