पार्टीलाई बलियो र जनप्रक्षिय बनाउन अभियानः इन्चार्ज आचार्य

September 05, 6:33

धनगढी,१९ भदौ। नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज डिलाराम आचार्यले पार्टीलाई बलियो र जनपक्षीय संगठन बनाउन तीन महिने विशेष रुपान्तरण अभियान शुरु गरिएको बताएका छन् ।

नेपाल प्रेस सेन्टर सुदूरपश्चिम प्रदेश कमिटिले धनगढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा इन्चार्ज आचार्यले शान्ति प्रक्रिया पछिका हाम्रा कमजोरीहरु जनताबाट सुनेर पार्टीलाई रुपान्तृत गर्न अभियान शुुरु गरिएको बताएका हुन् ।

‘शान्ति प्रक्रियासंगै खुल्ला परिवेशमा हामी नेता कार्यकर्ताहरु अलि बढी शहरिया हुन पुग्यौं । दुःख कष्ट र अभवाको जिवनबाट टाढा शहरका सेवा सुविधाहरुले हाम्रो जीवन शैलीमा पनि केही न केही धुलो मैलो जम्मा हुन पुग्यो’ उनले भने –‘स्वभावैले सुविधा सम्पन्न ठाउँहरुको बसाइले बानी व्यहोरामा केही कम्यूनिष्ट र केही गैर आचरणहरुले प्रभाव पर्न गयो । यो विशेष अभियानले जनताका कुरा सुन्ने र खटाइएका व्यक्तिहरुले प्रतिवेदन तयार गर्छन र सोमा आएका सुझाव अनुसार संगठनलाई अघि बढाइने छ ।’

‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ भन्ने मुल नाराका साथ देशभरीनै सो अभियान सुरु भएको छ । अभियानअन्र्तगत सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तह र सात सय ३४ वडाहरुमा एक साथ अभियान शुरु भइसकेको उनले बताए । उनका अनुसार प्रदेशका सात सय ३४ वडालाई ७९ कमाण्डमा विभाजित गरेर केन्द्रिय सदस्य वा सो सरहका नेताको नेतृत्वमा प्रति कमाण्डमा २० जना गाउँवस्तीमा केन्द्रित भएका छन् । उनले भने –‘प्रदेशभरी एक हजार पाँच सय ८० जना नेताहरुले पार्टी संगठनको अवस्थालाई सुदृढ गर्नुका साथै जन वर्ग र समुदायका जनतालाई प्रशिक्षित र संगठित गर्ने छन् ।’ उनले जिम्मा लिएका कमाण्ड क्षेत्रका वडाहरुको आर्थिक, सामाजिक, शैक्षिक र स्वास्थ्य क्षेत्रका समस्याहरुलाई अध्ययन गरेर प्रतिवेदन तयार पार्नुका साथै ति क्षेत्रहरुको दिर्घकालिन रुपमा आत्मनिर्भर र उच्चतम विकासका कुराहरु समेट्ने बताए ।

उनले अव्यवस्थित हुँदै गएको पार्टीको संगठानिक अवस्थामा समेत तीन महिना पार्टीका उच्चतम नेतृत्वले वडास्तरिय बसाईबाट पार्टी संगठन र समग्र देशलाई एक पाइला अघि बढाउन थप बल पुग्ने बताए । उनले भने –‘शान्ति सम्झौतापछि हाम्रा राजनीतिक एजेण्डा सफल त भयो तर, हामीले उठाउँदै आएको न्याय तथा समानताका मुद्दा अहिलेसम्म पुरा हुन सकेको छैन् । न्याय अहिले झन महँगो भएको छ भने असमानता बढ्दै गएको छ ।’ उनले सुशासन, समृद्धि र समानताका निम्ति निरन्तर प्रयासरत रहेको बताए ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा