‘प्रदेश सभा खुलापनका लागि गम्भीर छौँ’

September 24, 3:32

धनगढी । सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभाको खुलापनका लागि आफू गम्भीर रहेको बताउनुभएको छ । संसद्मा खुलापनको अभ्यासबारे सञ्चार प्रतिष्ठान नेपाल र युएनडिपीको संसद् परियोजनाले आयोजना गरेको अन्तर्क्रियामा उहाँले सो कुरा बताउनुभएको हो । 

“हामी संसद्का गतिविधि अझ खुला बनाउन तयार छाै,” उहाँले भन्नुभयो, “सरकारले विधेयक ल्याउँदैन, प्रदेश सभाले आफैँ विधेयक उत्पत्ति गर्न मिल्दैन, सरकारकै कमजोरीका कारण प्रदेश सभा चलेको छैन ।” प्रदेश सभाले काम गरेन भनेर टीकाटिप्पणी सुन्नुपरेको छ, सरकारले इफ र बट भन्न पाउँदैन प्रदेश सभालाई बिजनेस दिनुपर्छ उहाँले थप्नुभयो । अर्को प्रसङ्गमा उहाँले दलका नेता, सचेतकले ऐन कानुन बनाएर सुविधा लिन मिल्ने बताउँदै नियमविपरीत लिइएका सवारी फिर्ता गर्नुपर्ने बताउनुभयो । 

“प्रदेश सभा सदस्य खगराज भट्टले गाडी फिर्ता गर्नुभएको छैन । तोकिएको समयभित्र गाडी आएन भने प्रहरी लगाएर गाडी फिर्ता लिन्छौँ । हामी कुन पार्टीको माननीय भनेर चिन्दैनौँ कानुन पालना गर्छौं,” उहाँले भन्नुभयो । 

प्रदेश सभा सदस्य मेघराज खड्का, पदमबहादुर शाही, लक्ष्मी विकलगायतले राज्यको चौथो अङ्गका रूपमा रहेको पत्रकारिता क्षेत्र अझ जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा पत्रकारले पनि संसद्का काम कारबाहीबारे जिज्ञासा राखेका थिए ।  

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा