घोडा चढेर जाँत आउँदा कुहिरो लाग्छ

September 28, 3:43

बैतडी । सुदूरपश्चिमका १६ वटा भगवतीका बहिनीमध्ये बैतडीको प्रसिद्ध निङ्लासैनी भगवती मन्दिरमा भाद्र शुक्ल द्वादशीबाट अनन्त चतुर्दशीको मेला सुरु भएको छ । मेलाको मुख्य आकर्षण स्वराडबाट घोडामा चढेर जाँत (झाँकी) आउने बेलामा कुहिरो लाग्ने गर्दछ । मेलामा भारतबाट समेत दर्शनार्थी आउने गर्छन् । दशरथचन्द नगरपालिका–२, देहिमाण्डौँस्थित निङ्लासैनी भगवती मन्दिरमा भाद्र शुक्ल द्वादशीका दिन मन्दिरको भण्डार घरबाट भण्डार ल्याएर मेलामा जाग्राम बस्ने क्रम बुधबारबाट सुरु भएको हो ।    

परापूर्वकालमा निङ्लासैनी भगवतीले न्याय दिएको हुनाले बैतडी र स्वराड क्षेत्रबाट जात्रा ल्याउने चलन रहेको मन्दिरका पुजारी देवदत्त भट्टले बताउनुभयो । धार्मिक शक्तिका कारण अहिले पनि  स्वराड र बैतडी क्षेत्रको जात्रा मन्दिरमा पुग्ने बेला कुहिरो लाग्ने गरेको भनाइ उहाँको छ । 

भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ । निङ्लासैनी मन्दिरमा वर्ष दिनमा ८४ दिन विशेष पूजा लाग्ने गरेको छ । वर्षको सुरुमा अनन्त चतुर्दशी, असोजको महाष्टमी, मङ्सिर शुक्ल पूर्णिमा, धान्य पूर्णिमा र चैत्राष्टमीका दिन विशेष पूजा लाग्ने गर्दछ ।  निङ्लासैनी भगवती मन्दिरमा बैतडीलगायत दार्चुला, डडेलधुरा, बझाङ र भारतको पिथौरागढबाट दर्शनार्थी आउने गरेका  छन् । यहाँ महाष्टमी र चैत्राष्टमीमा बलिसहित जात्रा हुने भए पनि अनन्त चतुर्दशी र धान्य पूर्णिमाका दिन लाग्ने मेलामा बलि नहुने पुजारी देवदत्त भट्टले बताउनुभयो । 

निङ्लासैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीका अवसरमा लाग्ने मेलालाई भव्य रूपमा सम्पन्न गर्न देहिमाण्डौँ क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको दशरथचन्द नगरपालिका–२ का वडाध्यक्ष सूर्यबहादुर बोहराले बताउनुभयो । 

हिङ्लो अर्को आकर्षण 

निङ्लासैनी मन्दिरको प्राङ्गणमा रहेको हिङ्लो ( परम्परागत पिङ) मेलाको अर्को आकर्षण हो । १४ औँ शताब्दीअघि मन्दिर परिसरमा हिङ्लो राख्ने परम्परा सुरु भएको मानिन्छ ।  १४ औँ शताब्दीदेखि मन्दिर परिसरमा हिङ्लो राख्ने परम्पारा सुरु भएको मानिन्छ । 

बैतडीको प्रसिद्ध निङ्लासैनी भगवती, त्रिपुरासुन्दरी, मेलौली, डिलासैनी, कफलासैनी मन्दिरमा हिङ्लो रहेका छन् । दसैँका बेला मन्दिरमा लाग्ने मेला पर्वमा हिङ्लोमा पिङ खेल्ने चलन रहेको छ । बैतडीमै रहेका फलाम खानीबाट स्थानीय लोहार ( विश्वकर्मा) जातिका कालिगडले  फलाम उत्खनन गरेर १५ देखि २० फिटसम्म लामो फलामको सिक्री बनाएर हिङ्लो निर्माण गरेको जनबोली रहेको छ ।  

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा