
पुलबाट हाम फालेर पुरूष चमेलियामा बेपत्ता

October 30, 4:16
दार्चुला । दार्चुलाको गोकुलेश्वर पुलबाट हाम फालेर एक पुरूष चमेलिया नदीमा बेपत्ता भएका छन् । शैल्यशिखर नगरपालिका –९ गोकुलेश्वरस्थित पुलबाट हाम फालेर पुरूष बेपत्ता भएको स्थानीय कालु चन्दले जानकारी दिनुभयो ।
पुलबाट हाम फालेर चमेलियामा बगेका पुरूषको पहिचान खुल्न बाँकी छ । अवस्था अज्ञात रहेको इलाका प्रहरी कार्यालय दार्चुलाका प्रमुख एबं प्रहरी निरीक्षक मानसिंह ऐरीले जानकारी दिनुभयो ।
बेपत्ता पुरुषको हाम फालेको ठाउँमा झोला र कोट फेला परेको र खोजीकाम भइरहेको उहाँले बताउनुभयो । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
November 22, 11:46
November 22, 11:34
November 22, 11:13
November 22, 11:05
November 21, 10:51
November 22, 11:46
November 22, 11:34
November 22, 11:13
November 22, 11:05
November 21, 10:51
August 12, 5:03
August 13, 12:51
August 15, 8:13
August 16, 8:23
August 17, 8:54









सम्बन्धित वर्गका समाचारहरू
November 22, 11:46
पाँच अर्ब ७५ करोड रुपियाँ लागतमा भारतको सहयोगमा कञ्चनपुरको चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी… विस्तृतमा
November 22, 11:34
महेन्द्रनगर । भीमदत्त नगरपालिकाले महाकाली नदी तथा स्थानीय खोलाबाट नदीजन्य पदार्थ उत्खनन कार्य… विस्तृतमा