kagendra

जिल्ला प्रशासनमा सेवाग्राहीको भीड

October 30, 4:37

अछाम । हिन्दूहरुको महानचाड दसैँ सकिएसँगै जिल्ला प्रशासनमा सेवाग्राहीको भीड बढेको छ । नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी बनाउने लगायत प्राशासनिक कामका लागि सेवाग्राहीको भीड लाग्न थालेको हो ।

बिहानैदेखि सेवाग्राही लाइनमा बसेर पालो कुरिरहेको देख्न सकिन्छ । लामो समयदेखि रोजगारीको सिलसिलामा भारत गएका र काठमाडौँ लगायत विभिन्न ठाउँमा अध्यनका लागि गएका विद्यार्थी दसैँ र तिहार मनाउन घर फर्केसँगैै विभिन्न कामको लागि जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको भीड लाग्न थालेको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए ।

दसैँ र तिहार अघि सेवा लिनेको सङ्ख्या भन्दा अहिले सेवाग्राहीको सङ्ख्या बढेको उनको भनाइ थियो । सेवाग्राहीको भीड बढे पनि कार्यालयले आधा घण्टामै सेवा प्रदान गरिरहेको छ । कर्मचारी अभाव हुँदा पनि आएका सेवाग्राहीलाई ३० मिनेटमै सेवा प्रदान गर्न थालेपछि प्रशासनमा लाग्ने भीडभाडसमेत कम भएको छ ।

सेवाग्राहीले आवश्यक सम्पूर्ण कागजात पुर्याए ३० मिनेटमै सेवा प्रदान गरेर पठाउने गरेको प्रजिअ पोखरेलले बताए । उक्त कार्यालयमा अहिले २२ कर्मचारीको दरबन्दी रहेको छ । दरबन्दीअनुसार एकजना सहायक प्रमुख जिल्ला अधिकारी, दुई जना प्रशासकीय अधिकृत हुनुपर्ने भए पनि सहायक प्रमुख जिल्ला अधिकारीको अभाव विगत वर्षदेखि नै हुँदै आएको छ ।

दुई प्रशासकीय अधिकृतको दरबन्दीमा एक प्रशासकीय अधिकृत, पाँच नायब सुब्बाको दरबन्दीमा एक नायब सुब्बा, तीन खरिदारको दरबन्दीमा दुई जना र दुई कम्प्युटर अपरेटरको दरबन्दीमा करारका कर्मचारी काम गरिरहेका छन् । यसअघि असार २४ गते गृहमन्त्रालयले प्रशासकीय अधिकृत रामप्रसाद शर्मा र यादव भण्डारीलाई यहाँ सरुवा गरे पनि उनीहरूको उपस्थिति भएको थिएन ।

कर्मचारीको अभावमा समेत जिल्ला प्रशासन कार्यालयले ३० मिनेटमै सेवा प्रदान गर्न थालेपछि टाढा टाढाबाट आएका नागरिकलाई निकै सहज भएको छ । नागरिकता लिनकै लागि जिल्लावासी दु्ई दिन लगाएर मङ्गलसेन आउने गरेका छन् । जिल्लामा एक मात्र इलाका प्रशासन कार्यालय रहेको विनायकमा एक जना कार्यालय सहयोगीको भरमा कार्यालय चलिरहेको छ ।

suvkamna
suvkamna
suvkamna
Add
Add
Add
Dipayal silgadhi nagrpalika
Sain nepal
Sain nepal

सम्बन्धित वर्गका समाचारहरू

चाँदनी दोधारामा आइसिपी निर्माण गर्न डिपिआर तयार
 पाँच अर्ब ७५ करोड रुपियाँ लागतमा भारतको सहयोगमा कञ्चनपुरको चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी… विस्तृतमा
घाटमा सिसिटिभी क्यामेरा जडान
महेन्द्रनगर । भीमदत्त नगरपालिकाले महाकाली नदी तथा स्थानीय खोलाबाट नदीजन्य पदार्थ उत्खनन कार्य… विस्तृतमा
हिलाम्मे–धुलाम्मे सडक सफा गर्न करोडौँ खर्च
बैतडी । बैतडी जिल्लाका स्थानीय तहले ग्रामीण सडक सफा गर्न वार्षिक करोडौँ रुपियाँ खर्च गर्दै आइरहेका… विस्तृतमा
सेती प्रादेशिक अस्पतालमा सिकलसेलको जाँच निःशुल्क
धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालले सिकलसेल… विस्तृतमा