संरक्षणकर्मी डङ्गौरालाई प्रकृति संरक्षण अवार्ड

February 03, 8:19

धनगढी । कैलालीको भजनी नगरपालिकावासी संरक्षणकर्मी एवम् चराविद हिरुलाल डङ्गौरालाई प्रकृति संरक्षण अवार्ड प्रदान गरिएको छ ।

संरक्षणमा क्रियाशील संस्था प्रकृतिको साथीहरुले डङ्गौराको योगदानको कदर गर्दै उहाँलाई अवार्ड प्रदान गरेको हो । 

पर्वतको जलजला गाउँपालिकास्थित लेप्रेमा आयोजित लाटोकोसेरो तथा हुचिल उत्सवको अवसरमा उहाँलाई नगद २५ हजार रुपियाँसहित ताम्रपत्र प्रदान गरिएको छ । सोही उत्सवमा अन्य तीन जना संरक्षणकर्मीलाई पनि अवार्ड प्रदान गरिएको छ । 

डङ्गौरा चरा तथा वन्यजन्तु संरक्षण र अनुसन्धानमा अढाई दशकदेखि क्रियाशील हुनुहुन्छ । 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा