सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको ७० हजार पुग्यो
August 08, 12:59
साउन, २३ - सुनको भाउ तोलाको ७० हजार पुगेको छ। यो अहिलेसम्मकै उच्च रेकर्ड हो। साउन लागेयता लगातार बढ्दै आएको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेको हो।
छापावाल सुन हिजो एकै दिन १५ सय रुपैयाँ बढेर तोलाको ६९ हजार ५ सय रुपैयाँ पुगेको थियो। गत वर्ष साउन महिनामा सुनको मूल्य ५५ हजार ३ सय रुपैयाँ थियो। एक वर्षमै सुनको भाउ झण्डै १५ हजार वृद्धि भएको हो।
चाँदी पनि हिजोको तुलनामा तोलामा १५ रुपैयाँ बढेर आज ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनचाँदीको भाउ लगातार उकालो लागेपछि बिक्री घटेको व्यवसायीको भनाइ छ। अहिले उपभोक्ताले पुराना गहना बिक्री गर्ने क्रम बढेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ बढेकाले मूल्य बढेको महासंघले जनाएको छ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
August 11, 8:32
October 30, 10:48
August 13, 10:31
November 01, 11:19
August 18, 5:25
सम्बन्धित वर्गका समाचारहरू
January 31, 6:32
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल संचालनमा आएको छ ।
धनगढी उपमहानगरपालिका… विस्तृतमा
January 29, 2:31
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा