मेयरको अगुवाइमा भलाकुसारी महिला कृषक समुहलाई २० घार माहुरी वितरण

Mahuri Bitaran
Mahuri Bitaran
March 12, 4:41

धनगढी, फागुन २९ – धनगढी उप–महानगरपालिका ८ श्री गणेश टोलमा रहेको भलाकुसारी महिला कृषक समुहलाई बिहीबार धनगढी उप–महानगरपालिकाले २० घार माहुरी वितरण गरेको छ ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड, वडा नं ८ का अध्यक्ष नारायण बराल र कृषी शाखा प्रमुख लोकराज उपाध्यायले भलाकुसारी महिला कृषक समुहलाई २० घार माहुरी लगायत मह निकाल्ने मदानी प्रदान गरेका हुन ।
उप–महानगरपालिकाको यूवा लक्षित कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा माहुरी सहितको घारहरु उपलब्ध गराएको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए । किसानहरुमा आफ्नो पनको भावना विकास होस भनेर केहि हिस्सा किसानहरुले पनि लगाउनुपर्छ भन्ने मान्यता हाम्रो हो नगरप्रमुख वडले भने, राम्रो गर्ने किसानलाई थप सहयोग पुग्ने किसिमका कार्यक्रमहरु ल्याउने सोचमा छौं । नगरप्रमुख वडले भलाकुसारी महिला कृषक समुहले राम्रो गरेमा माहुरीको बिउ श्रोतकेन्द्रको रुपमा विकास गरिने बताए ।
धनगढी उप–महानगरपालिका ८ का अध्यक्ष नारायण बरालले भलाकुसारी महिला कृषक समुहले गरेको मागका आधारमा माहुरी र घार उपलब्ध गराएको बताए । उनले भने, यसमा ५० प्रतिशत लगानी समुहको छ । धनगढी उप–महानगरपालिका कृषी शाखा प्रमुख लोकराज उपाध्यायले भलाकुसारी महिला कृषक समुह निकै सक्रिय रहेको बताए । उनले भने, उनिहरुमा केहि गरौं भन्ने भावना रहेको छ त्यसैले पनि उप–महानगरपालिकाले सहयोग गरेको हो । भलाकुसारी महिला कृषक समुहका अध्यक्ष कमला वली बुढाथोकीले आफुहरु माहुरीको श्रोतकेन्द्र बनाउने उदेश्यका साथ जुटेको बताईन ।

सम्बन्धित वर्गका समाचारहरू

‘अरूका लागि साइकलमा दुध बोक्ने शिवचरण डेरीका मालिक’
कञ्चनपुर, माघ २० गते । दशकअघि साइकल गुडाउँदै अरूका लागि दुध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका… विस्तृतमा
तरकारी बेच्न अब्बल थारु महिला
धनगढी । धनगढी उपमहानगरपालिका–१७ पथरीकी अनिता चौधरी सिजनमा तरकारीको भारी बोकेर धनगढी बजार नपुगेको… विस्तृतमा
खडेरीले सुक्न थाले हिउँदे बाली
बाजुरा /  लामो समयको खडेरीले बाजुराका अधिकांश ठाउँमा हिउँदे बाली गहुँ, जौ सुक्न थालेको छ । खडेरीका… विस्तृतमा
रासायनिक मलको कोटा निर्धारण
कञ्चनपुर  । किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण… विस्तृतमा