जिल्ला अस्पताल बैतडीले ओपिडी सेवा शुरु गर्ने

जिल्ला अस्पताल बैतडीले ओपिडी सेवा शुरु गर्ने
जिल्ला अस्पताल बैतडीले ओपिडी सेवा शुरु गर्ने
June 24, 4:26

बैतडी,असार १० 
जिल्ला अस्पताल बैतडीले  आइतबार देखि ओपिडी सेवा शुरु गर्ने भएको छ । बिहीबार एक सूचना जारी गर्दै अस्पतालले कोरोना संक्रमणका कारण बन्द रहेको ओपिडी सेवा लगायतका अन्य सेवा असार १३ गते आइतबारबाट  सञ्चालन आउने जनाएको हो । 
अस्पतालमा कोरोनाका बिरामीहरुको संख्या शून्यमा झरेसंगै नियमित ओपिडी सेवा सञ्चालन गर्ने निर्णय भएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिनुभयो । कोरोनाका कारण बन्दभएका  सबै सेवाहरु आइतबारबाट सञ्चालनमा आउने उहाँले बताउनुभयो । 
आइतबार देखि ओपीडी सेवा नियमित रुपमा प्रवाह गरिने जनाउदै जिल्ला अस्पताल बैतडीले स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गरेर सेवा लिन सबै नागरिकहरुलाइ आग्रह गरेको छ ।कोभिड—१९ को दोस्रो लहरको सङ्क्रमण तीव्र बनेसँगै बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर जिल्ला अस्पताल बैतडीले ओपिडी सेवा बन्द गरेको थियो ।
 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा