५ कस्तुरी र एउटा फ्याउरो मृत फेला

news
news
November 05, 9:38

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ लुप्रामा पाँच वटा कस्तुरी र एउटा फ्याउरो मृत फेला परेका छन्। वन गस्तीमा गएको प्रहरी, वन डिभिजन र संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले लुप्रा गाउँको खम्पा क्याम्प नजिकैको निच्जा जङ्गलमा पासो थापेर मारिएको मृग र फ्याउरो फेला पारेको हो। 

प्रहरी निरीक्षक आशिष अधिकारीले दुई दिन गस्ती गर्दा एउटा भाले कस्तुरी जिउँदो, दुई भाले, दुई पोथी कस्तुरी मृग र एउटा फ्याउरो मृत भेटिएको बताए। “पासोमा परेको जिउँदो भाले कस्तुरी मृग जङ्गलमै छोडेर आएका छौँ”, उनले भने, “तस्करले बनाएको १४१ थान पासोसमेत बरामद भएको छ।” 

अखेटोपहार तस्करी गर्नका लागि वन्यजन्तुलाई पासो थापेर मारिएको हुनसक्ने प्रहरीको अनुमान छ। पहिलो दिन १२ किलोग्राम तौल भएको एउटा भाले, १२ किलोग्राम २८० ग्राम तौल भएको दुई वटा पोथी कस्तुरी र पाँच किलो ३५० किलोग्राम तौल भएको भाले फ्याउरो मृतावस्थामा भेटिएको थियो। 

दोस्रो दिन १३÷१३ किलोग्राम तौल भएको मृत र जिउँदो एक÷एक वटा मरेको भाले कस्तुरी भेटिएको थियो। भाले कस्तुरीको नाभी जडीबुटीका रूपमा धेरै मूल्यमा बिक्री हुने गर्छ । पोथी कस्तुरी मृगको नाभी हुँदैन्। नाभीका लागि भाले कस्तुरीको अवैध शिकार हुने गर्छ। नाभी काटेर लगिएका भाले कस्तुरी सडेगलेको अवस्थामा थियो। 

पासोसहित मृतावस्थामा भेटिएका वन्यजन्तु व्यवस्थापनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को इलाका संरक्षण कार्यालय जोमसोममा बुझाइएको प्रहरी निरीक्षक अधिकारीले बताए। चोरी शिकारी गर्ने समूहको खोजी तीव्र बनाइएको उनले बताए। 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा