कैलालीको घोडाघोडी– १२ मा काँग्रेसका चौधरी प्यानलसहित विजयी

May 15, 9:03

धनगढी १ जेठ । कैलालीको घोडाघोडी नगरपालिका – १२ को वडाध्यक्षमा नेपाली काँग्रेसका राम दुलारे चौधरी प्यानलसहित विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका खडक बहादुर चौधरी(उमार) लाई पराजित गर्दै उनी ८ सय २६ मतका साथ विजयी भएका हुन् । खडक बहादुर चौधरी(उमार) ले ३ सय ५१ मत प्राप्त गरेका छन् ।

त्यसै गरी महिला सदस्यमा सुमिता चौधरी ८ सय ४३ मत, दलित महिला सदस्य माता देवी दमाई ८ सय २२ मत,  खुल्ला सदस्य द्वय गोपुलदाश डगौरा  थारु  ८५१ मत र रामनाथ चौधरी ७९० मत ल्याई विजयी भएका छन् । घोडाघोडी नगरपालिका – १२ नेकपा माओवादी केन्द्र को गडका रूपमा चिनिने गरिन्थ्यो ।

माओवादीको गड भत्काउन सफल भएको वन निर्वाचित नेपाली काँग्रेस पार्टीले जनाएको छ । २०७४ को स्थानीय चुनावमा नेकपा माओवादी केन्द्रका पर्ना कुमार चौधरी विजय भएका थिए । वडा नम्बर १२ मा २ हजार ५२ मत खसेको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

गुरुकुल एकेडेमीमा आम निर्वाचनको झल्को, बिद्यार्थी…
धनगढी- धनगढीको गुरुकुल एकेडेमीमा मतदान मार्फत बिद्यार्थी परिषद चुनिन लागेको छ । निजि लगानीमा… विस्तृतमा
धनगढी उपमहानगरपालिकाका मेयर हमाल द्वारा पदभार ग्रहण…
धनगढी ९जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन । … विस्तृतमा
कञ्चनपुरको पुनर्वासको मेयरमा काँग्रेसका शर्मा र…
धनगढी, ९ जेठ ।  कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तोयप्रसाद शर्मा विजयी भएका… विस्तृतमा
कोरोनामा अहोरात्र खटिएका गज्जुः कान्छा वडाध्यक्ष…
धनगढी, ६ जेठ /  धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा… विस्तृतमा