धनगढीमा उपचाररत कोरोना संक्रमित युवककी भाउजू पनि अस्पताल भर्ना

seti hospital
seti hospital
April 04, 12:12

धनगढी, चैत्र २२ - सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीका ३४ वर्षीय कोरोना संक्रमित युवककी भाउजूलाई अस्पताल भर्ना गरिएको छ । 
कोरोनाका सम्भावित लक्षण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । सेती प्रादेशिक अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा जगदीश जोशीले ज्वरोलगायतका अन्य लक्षण देखिए पछि अस्पताल भर्ना गरिएको जानकारी दिए । 
उनलाई साढे १० बजेतिर एम्बुलेन्स मार्फत घरैबाट अस्पताल पुर्‍याइएको हो । 
अहिले उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । 
जोशीले संक्रमित युवकका परिवारको रिपोर्ट आज ४ बजे आउने बताए । उक्त रिपोर्ट धनगढी आउपुग्ने वा काठमाडौबाटै सार्बजनिक गरिने हो भन्ने बिषयमा भने जानकारी प्राप्त नभएको उनको भनाइ छ ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा