भूकम्पपीडितका लागि गाउँमा राहत पठाइँदै

October 10, 11:11

बझाङ ।  जिल्ला विपत् व्यवस्थापन समितिले १२ वटै स्थानीय तहका भूकम्पपीडितका लागि विभिन्न निकायबाट उपलब्ध भएको राहत सामग्री गाउँ गाउँ पठाउने तयारी गरेको छ । 

सदरमुकाम चैनपुरस्थित जिल्ला प्रशासन कार्यालयमा जिल्ला विपत् समितिको बैठक बसेर सबै पालिकामा क्षतिको आधारमा राहत पठाउने निर्णय गरेको जनाइएको छ । प्रशासन कार्यालयले स्थानीय तहमा राहत पठाउन सुरु गरेको हो । 

केन्द्रीय विपत् व्यवस्थापन समिति, प्रदेश विपत् व्यवस्थापन समिति र दातृ निकायबाट प्राप्त भएका राहत सामग्री पालिकालाई नै हस्तान्तरण गरिएको छ । जिल्लाका पाँच वटा पालिकालाई आवश्यक राहत सामग्री वितरण गरिएको छ । 

बाँकी पालिकालाई समेत समन्वय गरी राहत उपलब्ध गराउने कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताउनुभयो । भूकम्प आएको पाँच दिनसम्म पनि राहत पाउन नसकेको गुनासो स्थानीयको छ । 

पालिकाले क्षतिको विवरण नपठाएका कारण राहत वितरणमा ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । आफूले सबै पालिकालाई विवरण तयार गरी पठाउन अनुरोध गरेको जानकारी उहाँले दिनुभयो । 

पालिकाको ढिलाइका कारण राहत उपलब्ध गराउने कुरामा अन्योल भएको भनाइ उहाँको छ । अन्य दातृ निकायले समेत विवरण नआउँदा कता राहत दिने भनेर अन्योल भएको बताएका छन् । 

वल्र्ड भिजन इन्टरनेसनल, प्लान नेपाल, युएनएफपिए, सेभ दी चिल्डे«न, युनिसेभ, रेडव्रmसलगायत एक दर्जन गैरसरकारी संस्थाले राहत सामग्री उपलब्ध गराएका छन् । गएको मङ्गलबार सदरमुकाम चैनपुरमा ६.३ रेक्टर स्केलको भूकम्प जाँदा एक जनाको ज्यान गएको थियो भने २० जना घाइते भएका छन् ।    

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा