आमालाई उछिन्दै देउडामा उदाएकी सुरक्षा 

January 12, 2:34

झाङ / सुदूरपश्चिम र कर्णाली क्षेत्रमा देउडा पारखीहरुकाबीच चर्चित नाम हो(राजकला धामी ।  सुदूरपश्चिम प्रदेशमा त झन् जहाँ ठूलो देउडा खेल (प्रत्यक्ष सवाल जवाफ हुने प्रतियोगिता) हुन्छ, त्यहाँ राजकला धामीको उपस्थिति अनिवार्य जस्तै हुने गरेको छ । 

विभिन्न मेला, महोत्सवको अवसर पारेर हुने प्रतियोगितामा रोचक सवाल जवाफसहित खरो उत्रिन्छिन् उनी । प्रतिस्पर्धीले उठाएका सवालको तत्कालै लयात्मक जवाफ फर्काउन माहिर उनले सुदूरपश्चिम र कर्णाली मात्रै होइन, काठमाडौं, पोखरा, बर्दिया, दाङ, नेपालगञ्ज लगायतका ठाउँमा पनि आफ्नो क्षमता प्रर्दशन गरिसकेकी छिन् । जयपृथ्वी नगरपालिका –११, मयानागाउँकी ४४ वर्षिया धामीले यस दौरान दर्जनौं पुरस्कार र सम्मान समेत बटुलेकी छन् । २४ घण्टासम्म लगातार घुमेर देउडा खेल्नसक्ने राजकला यस क्षेत्रका महिला देउडियाहरुमा एक्लो प्रतिस्पर्धी जस्तै हुन् ।

जिल्ला भित्र र बाहिर हुने देउडा प्रतियोगितामा अनिवार्य बोलाइने राजकलालाई अचेल भने उनकै १० वर्षिया छोरी सुरक्षाले उछिन्न थालेकी छिन् । आफूभन्दा पाका उमेरका देउडियासँग मायाप्रिति, इतिहास, राजनीति तथा समसामयिक विषयमा तिखो सवाल जवाफ र घोचपेच गर्न पोख्त यी बालिकाको माग अहिले हरेक जसो कार्यक्रममा हुने गरेको छ । 

‘पहिला जहाँ कार्यक्रम भए पनि मलाई निम्तो आउँथ्यो । मेरो फुर्सद छैन भन्दा पनि आयोजकहरु घरमै आएर गइदिनु पर्यो भन्थे, राजकलाले भनिन्, ‘अहिले यसलाई भ्याइ नभ्याई छ । जहाँबाट पनि सुरक्षालाई पठाइ दिनुपर्‍यो भनेर भन्छन् ।

कक्षा पाँचमा अध्ययनरत सुरक्षाले बझाङ, बाजुरा, डोटी, अछाम लगायत सुदूरपश्चिमका प्राय सबै जिल्लामा हुने मेला, महोत्सव र प्रतियोगितामा प्रतिस्पर्ध गरी सकेको बताउँदै उनले नेपालगञ्ज र बर्दिया लगायतका ठाउँमा पनि आफ्नो प्रतिभा देखाइसकेको बताईन् ।

चार वर्षको उमेर देखि नै देउडाका टुक्का भन्न थालेकी सुरक्षाले प्रत्यक्ष देउडा प्रतिस्पर्धामा सहभागी हुन थालेको भने तीन वर्ष जति भयो । उमेरले सानै भए पनि उनले गर्ने सवाल जवाफ भने निक्कै परिपक्व देउडियाको जस्तो गहकिलो हुने गरेको राजकलाले बताईन् । ‘म जति जान्ने पनि पढेलेखेकी छैन । अहिलेको राजनीति र समाजका बारेमा म यसको जति बुझ्दिनँ आफू भन्दापनि तर्कसागत जवाफ छोरीले गर्ने गरेको सुनाउँदै राजकला भन्छिन् ‘यसले त मेरो भन्दा धेरै जानेकी छ । जस्तालाई त्यस्तै जवाफ फकाउँछिन् देउडा सवाल जवाफमा मात्रै नभएर विद्यालयको पढाईमा पनि अब्बल सुरक्षा कक्षामा नियमित प्रथम हुने गरेको उनले सुनाईन् ।

देउडामा देउडा खेल्ने (गीतको लयमा गोलाकार घुम्ने) भन्दा हेर्ने दर्शकको संख्या धेरै हुन्छ । कुनै कुनै खेलमा सयौंको संख्यामा दर्शकहरु देउडियाहरु सँगै दिनरात नसुतेरै देउडा हेर्दै रमाउने गर्छन् । उमेरले सानै भएपनि सुरक्षाले चर्चित देउडियाहरुसँग सवाल जवाफ गरेको देखेर दर्शकहरु पनि चकित पर्छन् । खुसी भएर दर्शकहरुले उनलाई नगद पुरस्कार दिन्छन् । कुनै(कुनै ठाउँमा आयोजकले दिने पुरस्कार भन्दाबढी रकम दर्शकहरुले खुसी भएर दिने गरेको सुरक्षाले सुनाईन् । ‘ठूल्ठूला मेलामा तीस चालीस हजारसम्म पनि दर्शकले पुरस्कार दिन्छन्, सुरक्षाले भनिन्, ‘खेल्दा खेल्दै पैसाले झोला नै भरिन्छ । आफूले गरेको सवालजवाफमा दर्शकहरु हुटिङ गर्दा र माया गरेर नगद पुरस्कार दिँदा आफूलाई झन बढी सवाल जवाफ फुर्ने गरेको उनले बताईन् ।

देउडिया आमाको सिको गर्दा गर्दै आफू पनि देउडा खेल्न अभ्यस्त भएको र भविष्यमा यही क्षेत्रमा करियर बनाउने उनको सोच छ । देउडामा प्रत्यक्ष सवाल(जवाफ मात्रै नभएर स्वर पनि राम्रो भएकोले देउडा गीतहरु पनि गाउने योजना रहेको सुनाउँदै उनले आमाले देउडा खेल्दा पाएको सम्मानका कारण आफू यस क्षेत्रमा आकर्षित भएको बताईन् । ‘आमाले देउडा जित्दा पुरस्कार पाएको, सबैले सम्मान गरेको देखेर म पनि भविष्यमा आमा जस्तै देउडिया बन्छु भन्ने सानैदेखि सोच्थें तर सक्छु की सक्दिन जस्तो लाग्थ्योु, उनले भनिन्, ‘अहिले आफैं देउडा खेल्न थालेपछि सक्ने रहेछु भनेर आत्मविश्वास बढेको छ ।ु उनले आफूले देउडा खेलेको देखेर आफ्नो उमेरका दौंतरीहरु पनि देउडा प्रति आकर्षित हुन थालेको बताईन् ।

पछिल्लो पुस्ताका मानिसहरुमा आयातित संस्कृतिको नक्कल गर्ने चलन बढ्दै जाँदा देउडा नै हराउने हो की भन्ने चिन्ता भएको बेला सुरक्षाले देउडाको क्षेत्रमा देखाएको प्रतिभाको चर्चा भने जिल्लाभर नै हुने गरेको छ । उनले देउडामा पाउँदै गरेको सफलताले हराउँदै गएको संस्कृति संरक्षणमा समेत टेवा पुग्ने देउडियाहरु बताउँछन् । ‘उनको सवाल जवाफ मात्रै होइन । विषयवस्तुको बारेमा चौतर्फी ज्ञान देख्दा पनि म आफैं चकित हुने गरेको छुु सुरक्षासँग धेरै पटक प्रत्यक्ष देउडा प्रतिस्पर्धा गरिसकेका एकजना देउडिया प्रकाश खत्री भन्छन, ‘यति सानै उमेरमा यस्तो प्रतिभा भएकी बच्चीले भविष्यमा देउडा क्षेत्रलाई देशैभरी चम्काउने कुरामा कुनै शंका छैन । उनले यी बालिकाले देउडा क्षेत्रमा देखाएको प्रतिभाले पछिल्लो पुस्तालाई देउडाप्रति मोह जगाउन समेत सहयोग गर्ने बताए । - कातिन्पुर बाट साभार 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा