CCS+2 बी, वेस्टन क्रिस्टल, त्रिनगर स्कुल र लोटस आइ स्कुल CCS+2 फुटवल प्रतियोगिताको क्वाटर फाइनलमा

January 29, 9:20

धनगढी : धनगढीमा आजबाट CCS+2 अन्तर बिद्यालय स्तरिय फुटवल प्रतियोगिता शुरु भएको छ । धनगढीको क्रेसेन्ट सिटि स्कुलद्वारा आयोजित प्रतियोगिता अन्तर्गत आज पहिलो दिन ४ खेल सम्पन्न भएका छन् । धनगढी रगंशालामा भएको पहिलो खेलमा CCS+2 बी ले ग्यालेक्सी सेकेन्ड्री स्कुललाई १–० गोल अन्तरले पराजित गर्यो । ग्यालेक्सी सेकेन्ड्री स्कुल प्रतियोगिताबाट बाहिरिए संगै CCS+2 बी क्वाटर फाइनल प्रवेश गरेको छ ।

आजै भएको दोश्रो खेलमा कोभिदा इन्टरनेश्नल स्कुल र वेस्टर्न क्रिस्टल एकेडेमी बिच प्रतिस्प्रधा भएको छ । दोश्रो खेलमा कोभिदा इन्टरनेस्नल स्कुल वेस्टर्न क्रिस्टल एकेडेमी संग ३–२ गोल अन्तरले पराजित भयो । यो संगै वेस्टर्न क्रिस्टल एकेडेमी प्रतियोगिताको क्याटर फाइनल प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगर्त आजै भएको तेश्रो खेलमा धनगढी स्थित त्रिनगर माध्यमिक बिद्यालयले अत्तरियाको सत्यवती एकेडेमीलाई ३–० गोल अन्तरले पराजित गरेको छ । तेश्रो खेल अन्तर्गत सत्यवती एकेडेमी पराजित भएसंगै त्रिनगर माध्यमिक बिद्यालयपनि क्वाटर फाइनल प्रवेश गरेको हो ।

प्रतियोगिताको चौथो खेल अत्तरियाको लोटस आई बोर्डिङ स्कुल र धनगढीको एक्सिस बिद्याश्रम बिच भएको छ । चौथो खेलमा अत्तरियाको लोटस आई बोर्डिङ स्कुलले धनगढीको एक्सिस बिद्याश्रमलाई २–० गोल अन्तरले पराजित गरेको छ । एक्सिसको पराजय संगै खेलबाट बाहिरिएको छ, भने लोटस आई बोर्डिङ स्कुल क्वाटर फाइनल प्रवेश गरेको छ । भोली हुने पहिलो खेलमा नास्ट एकेडेमी र धनगढी मोडेल माध्यमिक बिद्यालय भिड्ने छन् । यस्तै सुदुरपश्चिमाञ्चल एकेडेमी र होलिल्याण्ड बोर्डिङ स्कुल बिच दोश्रो खेल हुने छ, भने तेश्रो खेल अन्तर्गत ऐश्वर्या बिद्या निकेतन र सरस्वती माध्यमिक बिद्यालय भिड्ने छन् । अन्तिम चौथो खेलमा CCS+2 ए र एलाइन्स इन्टरनेश्नल स्कुल बिच प्रतिस्प्रधा हुने छ ।

१६ बिद्यालय सहभागी प्रतियोगितामा ९ देखी १२ कक्षासम्म अध्यायनरत बिद्यार्थीहरुको सहभागितो छ । प्रतियोगिताको प्रथम पुरस्कार ६५ हजार नगद सहित ट्रफी, मेडल, दोश्रो पुरस्कार ३५ हजार नगद सहित ट्रफी, मेडल रहेको छ । प्रतियोगिताको उत्कृष्ठ खेलाडीले नगद ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ठ गोलकर्ता र उत्कृष्ठ गोलरक्षकलाई जनही नगद २ हजार ५ सय तथा मेडल र प्रमाणपत्र उपलब्ध गराइने स्कुलका प्रिन्सिपल तिर्थ फुलाराले बताए ।प्रतियोगितामा ह्याट्रिक गर्ने खेलाडीलाई नगद १ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १ हजारका दरले पुरस्कार प्रदान गरिने छ ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा